फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा अफगानिस्तान र पाकिस्तानबीचको त्रिपक्षीय वार्तालाई सार्थक रुप दिने चीनको मनसाय

(GMT+08:00) 2013-12-11 18:30:51

            चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ लैले डिसेम्बर एघार तारिख चीनले अफगानिस्तान र पाकिस्तानबीचको त्रिपक्षीय वार्तामा महत्व दिएको बताउनुभएको छ। साथै उहाँले चीन, अफगानिस्तान र पाकिस्तानको नयाँ चरणको वार्ता आगामी वर्ष चीनमा आयोजना हुने जानकारी पनि दिनुभएको छ। चीनले अफगानिस्तान र पाकिस्तानसँग तीन पक्षीय वार्तामा प्रगति हासिल गर्ने दिशामा अगाडि बढ्ने मनसाय लिएको कुरा पनि उहाँले व्यक्त गर्नुभएको छ।

            हुङकाअनुसार, डिसेम्बर नौ तारिखदेखि दश तारिखसम्म तेस्रो चीन-अफगानिस्तान-पाकिस्तान त्रिपक्षीय वार्ता काबुलमा आयोजना भएको छ। वार्तामा तीनै पक्षले अफगानिस्तानको परिस्थिति, तीन पक्षको व्यवहारिक सहयोगबारे वैचारिक आदान-प्रदान गरेका छन्। तीन पक्षले अफगानिस्तान तथा क्षेत्रीय सुरक्षाको संरक्षण गर्ने सवालमा सहयोग गर्न, आतंकवादको विरुद्धको लडाइँ जस्ता क्षेत्रहरुमा सहयोग आदान प्रदान गर्न स्वीकार गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह