फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी संसदद्वारा अमेरिकी मानवरहित विमान आक्रमणको निन्दा

(GMT+08:00) 2013-12-11 09:10:00

         पाकिस्तानी संसदले 10 तारिखका दिन एउटा निर्णय-पत्र पारित गर्दै अमेरिकी मानवरहित विमानद्वारा पाकिस्तानी भूभागमा गरिएको हवाइ कार्वाहीको कडा निन्दा गरेको छ। हवाइ आक्रमणले राष्ट्र संघीय बडापत्र, अन्तर्राष्ट्रिय कानून र मानवतामाथिको उल्लंघन भएको भन्दै संसदले अमेरिकी सेनासँग तुरुन्तै हवाइ आक्रमणका गतिविधि रोक्न आग्रह पनि उक्त निर्णय-पत्रले गरेको छ।

         मानवरहित हवाइ आक्रमणले पाकिस्तानी सार्वभौमिक्तामाथि आक्रमण भएको भन्दै पाकिस्तानी संसदले सरकारले यसको दृढताका साथ विरोध गरेको छः विभिन्न राज्य प्रदेश तथा सीमाक्षेत्र मामिला मन्त्री अब्दुल कादिर बालोचले बताउनुभएको छ।

         अमेरिकी मानवरहित विमानद्वारा गरिएका हवाइ आक्रमणको विरोध गर्न गत महिनाको 23 तारिखदेखि पाकिस्तानी प्रदर्शनकारीहरुले अफ्गानिस्तानमा तैनाथ नेटो सेनाका लागि उत्तर-पश्चिमी पाकिस्तानमा मुख्य आपूर्ति मार्ग बन्द गरेका छन्। नेटो सेनाको 70 प्रतिशतको आपूर्ति पाकिस्तानबाट अफ्गानिस्तानमा पुर्‍याउने गरेको जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह