फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानी रक्षा रणनीति र त्यससित सम्बन्धित नीतिको विकासमा चीनबाट ध्यान केन्द्रित

(GMT+08:00) 2013-12-11 18:10:40

          जापानी रक्षा रणनीति र त्यससित सम्बन्धित नीतिको विकासमा चीनले ध्यान दिइरहनुका साथै जापानसँग सुरक्षा क्षेत्रमा एशियाली छिमेकी मुलुकको आग्रहमा महत्व दिएर शान्तिपूर्ण विकासको बाटोमा लाग्न ताकिता गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले 11 तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

          प्राप्त जानकारीअनुसार, जापानी प्रधानमन्त्री अबे शिन्चोबाट स्थापित विशेषज्ञ बैठकले सरकाद्बारा प्रस्तुत "राष्ट्रिय सुरक्षाको प्रत्याभूति रणनीति" र "नयाँ रक्षा नियम"को सारांशको विवेचना गर्दै पारित गरेको छ। थाहा भए अनुसार, त्याउ यू टापू समस्याप्रति जापानले दक्षिण-पश्चिमी तर्फ सैन्य शक्ति बढाउने छ।

          चीनले शान्तिपूर्ण विकासको बाटोमा लागिरहेर रक्षात्मक नीति लागू गरिरहेको प्रवक्ता हुङ्ग लैले बताउनुभएको छ। चीनले सामान्य र उचित रक्षा क्षमताको विकास गर्ने गतिविधिले कुनै मुलुकमाथि चुनौती दिने छैन। वार्ता र छलफलमार्फत भूभाग तथा समुद्री क्षेत्रमा व्याप्त मतभेद समाधान गर्ने धारणा पनि चीनले सधैं नै लिंदै आएको छ। साथै कुनै मुलुकलाई चीनको भूभाग तथा सार्वभौमिकतामाथि आक्रमण गर्न नदिनेमा पनि चीन दृढ छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह