फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्ण साक्षर सहरको रुपमा पाल्पाको तानसेन अगाडि

(GMT+08:00) 2013-12-11 19:18:02

        शिक्षा, स्वास्थ्य, पर्यटन र कुटीर उद्योगको नारा बोकेको पूरानो र ऐतिहासिक नगरपालिका तानसेन नगरपालिकाले अव पूर्ण साक्षर सहरको उपमा पनि पाउने भएको छ ।

        इतिहासकाल देखिनै प्रशासनिक गौंडा र पश्चिम नेपालकै एक उत्कृष्ट शैक्षिक धरोहरका रुपमा रहेको सदरमुकाम तानसेनलाई जिल्ला शिक्षा कार्यालय पाल्पा र तानसेन नगरपालिकाले संयुक्त रूपमा भव्य कार्यक्रम गरेर नेपालमै पहिलो पटक पूर्ण साक्षर नगरका रुपमा बुधबार घोषणा गर्दैछन्।

         पूर्ण रुपमा साक्षर नगरका रुपमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले भव्य कार्यक्रमका बीच बुधबार यस्तो घोषणा गर्दैछन्। जिल्ला शिक्षा कार्यालय पाल्पा, जिल्ला तथ्यांक कार्यालयको जनगणना 2068 को तथ्यांक र नगरपालिकाको घरदैलो सर्वेक्षण पश्चात तानसेनमा 99.98 प्रतिशत जनसंख्या साक्षर रहेको पाइएपछि पूर्ण साक्षर नगरका रुपमा घोषणा गर्न लागिएको जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौड्लले बताउनुभयो।

         068को जनगणनाअनुसार तानसेनको 29 हजार 95जनसंख्यामा 3 सय 64 जना निरक्षर जनता रहेकोमा सरकारको साक्षरता कार्यक्रम मार्फत बाँकी 3 सय 34 लाई साक्षरता शिक्षा प्रदान गरिएपछि पूर्ण साक्षर नगरका रूपमा घोषणा गर्न लागिएको पौडेलले बताउनुभयो। उहाँका अनुसार नगरका 5जना सर्वसाधारण अति वृद्ध भएकाले साक्षरता कक्षामा सामेल भएनन् ।

          जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा वडा नं. 6 मा 1 जना, 11 मा 2 जना, 12 मा 1 जना र 14 मा 1 जना गरी 5जना बाहेक अन्य सबै वडाका सवै नागरिक साक्षर छन्। कार्यालयका उपसचिव दिपेन्द्र ढकालका अनुसार 15वर्ष देखी 60 वर्ष उमेर समूहका 98.98 प्रतिशत जनता पूर्ण साक्षर छन्। बाँकी 0.02 प्रतिशत जनताहरु 60 वर्ष माथिका वृद्ध मात्रै छन्।

         नगरका 15वटै वडामा साक्षरता कक्षा र औपचारिक तथा अनौपचारिक शिक्षा कक्षा सञ्चालन गरेर नगरलाई पूर्ण साक्षर घोषणा गर्न लागिएको तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराइलाई उधृत गर्दै कारोबारले खबर लेखेको छ। सन् 2015सम्ममा नेपाललाई पूर्ण साक्षर देश बनाउने लक्ष्यका साथ पाल्पा जिल्लाको तानसेन नगरलाई नेपालकै पहिलो साक्षर नगरका रुपमा घोषणा गर्न लागिएको भट्टराईले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह