फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

27औं दक्षिण-पूर्वी एशियाली खेलकूद समारोह सुरु

(GMT+08:00) 2013-12-12 10:04:39
           म्यान्मारको परम्परागत सँस्कृति र दक्षिण-पूर्वी एशियाली जातीय भावनासहित 27औं दक्षिण-पूर्वी एशियाली खेलकूद समारोह हिजो एघार तारिख राति म्यान्मारको राजधानी नेयप्यितवमा औपचारिक रुपमा सुरु भएको छ।

           एघार तारिख राति नेयप्यितवस्थित वुन्ना थइक्दी रङ्गशालामा म्यान्मारका प्रसिद्ध कलाकारहरुको मनोहर नाचगानसँगै 27औं दक्षिण-पूर्वी एशियाली खेलकूदको उद्घाटन समारोह सुरु भएको थियो। त्यसपछि ब्रुनाइ, कम्बोडिया, इन्डोनेशिया, लाओस, मलेसिया, फिलिपिन्स, सिँगापुर, पूर्वी टिमोर, थाइल्याण्ड, भियतनाम र आयोजक मुलुक म्यान्मार गरी एघार मुलुकका प्रशिक्षक तथा खेलाडीहरू क्रमशः खेलमैदानमा प्रवेश गरेका थिए। यी एघार मुलुकका खेलाडीहरूले यस पटकको दक्षिण-पूर्वी एशियाली खेलकूदको 33 वटा प्रतिगोगितामा 1400 वटा पदकका लागि प्रतिस्पर्धा गर्ने छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह