फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो अन्तर्राष्ट्रिय व्यापार मेला–2070 आगामी फागुन 22 गतेदेखि

(GMT+08:00) 2013-12-12 17:10:12

         उत्पादनमा वृद्धि, निर्यात, बजारीकरण र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा तेस्रो अन्तर्राष्ट्रिय व्यापार मेला–2070 को आयोजना गर्न लागिएको छ।

         आगामी फागुन 22 गतेदेखि प्रारम्भ हुने सो पाँचदिने मेलामा भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायत, भूटान, इरान र केही खाडी राष्ट्रका क्रेता, बिक्रेता र व्यापारीको सहभागिता रहने आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

         सरकारले उच्च प्राथमिकतामा राखेका 19 वटा वस्तु र सेवाहरू हस्तकला, जन्यवस्तु, पश्मिना, तयारी पोसाक, गलैँचा, कृषि उत्पादन, पर्यटकीय उत्पादन, निर्माण सामग्री, फर्निचर, जलविद्युत्, शिक्षा तथा सूचना प्रविधि, छालाजन्य वस्तुलगायतका सामग्रीका 400 कक्षहरू सो मेलामा बिक्री तथा प्रर्दशनका लागि राखिने बताइएको छ ।

         करिब दुई हजार 500 विदेशी व्यवसायीसमेत गरी दुई लाख पचास हजार दर्शकले अवलोकन गर्ने सो मेलाका अवसरमा व्यापारिक सेमीनार, द्धिपक्षीय व्यापारीक छलफल, फेसन सो, सांस्कृतिक प्रर्दशनी, खाना महोत्सवको आयोजना गरिने र करिब रु 15 करोडको कारोबार हुने मेला आयोजक समितिका अध्यक्ष कल्याणकृष्ण ताम्राकारले बताउनुभयो।

          महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले सरकारको सहकार्यमा देशका 60 वटा स्थानमा प्रत्येक वर्ष महासंघले व्यापारिक मेला तथा महोत्सव गर्दै आएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापार मेलाको उचित स्थान र भौतिक पूर्वाधार निमार्णमा सरकारले प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

          त्यसैगरी महासंघले स्थानीय संघ र वस्तुगत संघसंस्थाको समन्वयमा देशका चार विकास क्षेत्रमा व्यापार तथा पर्यटन क्षेत्रीय मेला गर्ने बताएको छ। पूर्वाञ्चलको धुलाबारीमा माघ 22 गते, पश्चिमाञ्चलको बुटवलमा पुस 9 गते, मध्यपश्चिमाञ्चलको सुर्खेतमा मङ्सिर 28 गते र सुदूरपश्चिमाञ्चलको कञ्चनपुरमा फागुन 2 गतेदेखि क्षेत्रीय महोत्सव तथा मेला गरिने छ।

          ती मेलामा स्थानिय उत्पादनलाई प्रोत्साहन गरिने र एक गाँउ एक उत्पादनको अवधारणाको विकासमा जोडदिई क्रेता र बिक्रेताबीच सीधा सम्पर्क स्थापित गराइने बताइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह