फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गुगलद्वारा नेपालीसहित थप 9 भाषाको अनुवाद सुरु

(GMT+08:00) 2013-12-12 17:10:12

         इन्टरनेट सर्च इन्जिन गुगलले नेपालीसहित थप 9 भाषाको अनुवाद सुरु गरेको छ। तीमध्ये चार एसियाली भाषा हुन्।

         गुगल अनुवादले नेपाली भाषाको अनुवाद गरेसँगै अन्तर्राष्ट्रियस्तरमा नेपाली भाषाको प्रबर्द्धन हुने विश्वास गरिएको छ। छिमेकी मुलुक भारतको हिन्दी भाषाको अनुवाद भने यसअघि नै सुरु भएको थियो।

         सेवा थपसँगै गुगलले अब 80 अलग भाषाबीच अनुवाद गर्न सक्दछ। 'गुगल ट्रान्सलेट' एक सर्भर साइड मेसिन अनुवाद हो। सफ्टवेयर कोष भाषा विज्ञान प्रविधि सफ्टवेयरबाट हुने अनुवाद पेसेवर अनुवादको जस्तै दाबी गरिए पनि नेपालीमा केही त्रुटि देखिएका छन्।

         नेपाली भाषा नेपालको राष्ट्र भाषा र सम्पर्क हो। भारत, भुटान र बर्माका केही भागमा नेपाली भाषा मातृ भाषाकोरुपमा बोलिने गरिन्छ। यो भाषा आर्य-भारोपेली समूहमा पर्दछ।

          राष्ट्रिय जनगणना 2068 अनुसार मातृभाषी नेपाली 44 दशमलव 6 प्रतिशत छन्।

         'गुगल ट्रान्सलेट'ले अबदेखि नेपालीसँगै पञ्जावी, न्यूजिल्याण्डको एउटा आदिवासीको मातृभाषा माओरी र मङ्गोलियन भाषालाई पनि सपोर्ट गर्नेछ। पञ्जावी विश्वभर बोल्ने चलनचल्तीका भाषामध्ये नवौं स्थानमा रहेको इकान्तिपुर अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह