फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजनीतिक संकटका हजार दिनमा पनि सिरियाको परिस्थिति उस्तै गम्भीर

(GMT+08:00) 2013-12-12 10:11:11

         राष्ट्रसंघीय पश्चिमी एशिया आर्थिक तथा सामाजिक समितिले 11 तारिख प्रतिवेदन प्रकाशित गरेर सिरियामा राजनीतिक संकट सुरु भएदेखिका हजार दिनमा सिरियाको परिस्थिति झन् झन् गम्भीर हुँदैआएको जनाएको छ।

         उक्त प्रतिवेदनका अनुसार, सन् 2011 मार्च महिनामा सिरिया संकटको सुरुवातदेखि सिरियाको कुल उत्पादन मात्रा 45प्रतिशतले घटेर पचास लाख श्रमिकहरुमध्ये तीस लाख बेरोजगार भएका छन्।

         इस्लाम सहयोग संगठनको 40औं विदेश मन्त्रीस्तरीय बैठक 11 तारिखका दिन सम्पन्न भएको छ। यो संगठनले सिरियामा गम्भीर मानवीय परिस्थितिबारे चिन्ता व्यक्त गरेर सदस्य मुलुक र अन्तर्राष्ट्रिय समाजलाई महत्वका साथ आवश्यक सहायता उपलब्ध गराउन आह्वान गरेको छ। उक्त संगठनका अनुसार, हाल सिरियामा 93 लाख नागरिकका लागि सहायताको खाँचो छ। सिरियाको परिस्थिति शान्तिपूर्ण नभएको र बाह्य सहयोग सीमित भएका कारण 42 लाख मानिसले निरन्तर मानवीय सहायता पाउन सकिरहेका छैनन्। साथै धेरै सिरियाली शरणार्थी वरिपरिका छिमेकी मुलुकमा गएकाले छिमेकी मुलुकको समाज तथा अर्थतन्त्रमा पनि बोझ थपिएको छ।

         यसैबीच सिरियाली रासायनिक हतियार विनाश सम्बन्धी ठोस योजना आगामी साता सार्वजनिक हुने रासायनिक हतियारको निषेध संगठनका महाप्रबन्धक अहमेद युम्चुच्युले बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह