फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानका राष्ट्रपति कार्जाइको भारत भ्रमण

(GMT+08:00) 2013-12-12 18:56:49

           अफगानिस्तानका राष्ट्रपति हामिद कार्जाइले डिसेम्बर बाह्र तारिखदेखि भारतको चार दिने भ्रमण थाल्नुभएको छ। एक वर्षमै कार्जाइले तेस्रो पटक भारत भ्रमण गर्नुभएको हो। जनमतको विश्लेषणअनुसार, भ्रमण अवधिमा कार्जाइले भारतसँग अफगानिस्तानलाई सैनिक प्रबन्धको सहायता दिन निरन्तर रुपमा आग्रह गर्नुहुनेछ।

           भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार, कार्जाइले भारतका प्रधानमन्त्री मनमोहन सिँह र भारतका विदेश मन्त्री सल्मान कुर्सिदसँग भेट-घाट गर्नुहुनेछ।

          भारतको राजधानी नयाँ दिल्लीबाहेक कार्जाइले भारतको पश्चिमी शहर पूणेको भ्रमण गर्नुहुने, उद्योग तथा वाणिज्य क्षेत्रका व्यक्तिहरुसँग भेट-वार्ता गर्नुहुने र स्थानीय विश्वविद्यायमा सम्बोधन गर्नुहुने कार्यक्रम छ।

          थाहा भएअनुसार, यो चालू वर्षको मे र अक्टोबरपछि कार्जाइको भारतको तेस्रो पटक भ्रमण गर्नुभएको हो।

          विगत दश वर्षदेखि यता भारतले अफगानिस्तान सरकारलाई दुई अर्ब अमेरिकी डलरको सहायता दिएको छ। यसको सहायता राजमार्ग र पुलको निर्माण, जल संभारआदि आधारभूत प्रबन्धमा प्रयोग गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह