फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपेली संघस्थित चिनियाँ प्रतिनिधि मण्डलद्वारा"फा लुन कोङ्ग"सम्बन्धमा प्रतिक्रिया

(GMT+08:00) 2013-12-13 09:09:18

         युरोपेली संसदले हिजो बाह्र तारिखका दिन एक तथाकथित "चीन सरकारले फा लुन कोङ्ग अनुयायीहरुको शारिरिक अंग विच्छेद गर्ने" विषयक निर्णय प्रस्ताव पारित गरेको छ। यसप्रति युरोपेली संघका लागि चिनियाँ प्रतिनिधि मण्डलका प्रेस प्रवक्ता च्याङ्ग स्याउ येनले पत्रकारद्वारा सोधिएको सम्बन्धीत प्रश्नको जवाफ दिँदै "चीन सरकारले फा लुन कोङ्ग अनुयायीहरुको शारिरिक अंग विच्छेद गर्ने"सम्बन्धी भनाइ पूर्ण रुपमा अवैधानिक संगठन"फा लुन कोङ्ग"ले खराब मनसायले चलाएको हल्ला भएको बताउनुभएको छ। वास्तवमा"फा लुन कोङ्ग" सिद्धान्त मान्नेहरु कसैको पनि शारिरिक अंग विच्छेद गरेको छैन भन्दै प्रवक्ता येनले "फा लुन कोङ्ग"पूर्ण अवैध संगठन मात्र नभइ चीन सरकार विरोधी राजनैतिक समूदायको हैसियतले आफ्नो सिद्धान्त मान्नेहरुलाई मानसिक रुपमा नियन्त्रण गर्न उक्त हल्ला फैलाएको पनि बताउनुभयो।

         सन् 2006देखि"फा लुन कोङ्ग"संगठनद्वारा प्रचारप्रसार गरिएका विभिन्न हल्लाप्रति चीन सरकारले धेरै स्वदेशी तथा विदेशी सञ्चार माध्यम र विदेशस्थित चिनियाँ संस्थालाई विभिन्न स्थलमा पठाइ छानबीन कार्य गराएको थियो। सो छानबीनबाट सम्बन्धीत सबै हल्ला मात्र रहेको पाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह