फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी प्रतिनिधि सभाद्वारा आउने दुई आर्थिक वर्षको सरकारी बजेट विधेयक अनुमोदन

(GMT+08:00) 2013-12-13 12:00:10

        अमेरिकी संसद अन्तर्गत प्रतिनिधि सभाले हिजो बाह्र तारिख राति सन् 2014 र सन् 2015 को गरी दुई आर्थिक वर्षको सरकारी बजेट विधेयक अनुमोदन गरेको छ। यस विधेयक अनुमोदनको लागि भएको मतदानमा 332 मत पक्षमा र 94 वटा विपक्षमा परेको थियो। साथै यसबाट आउने वर्ष जनवरी पन्ध्र तारिखका दिन अमेरिकी सरकारका विभिन्न सेवा फेरि स्थगित हुने सम्भावना पनि हटेको छ। अमेरिकी माथिल्लो सभाले आउने साता उक्त विधेयकका लागि मतदान गर्ने अनुमान गरिएको छ।

        उक्त विधेयकका अनुसार सन् 2014आर्थिक वर्षको बजेट दश खर्ब बाह्र अर्ब र सन् 2015को दश खर्ब चौध अर्ब अमेरिकी डलर तोकिएको छ। आउने दुई वर्षमा अमेरिकी बित्तीय विभागले रक्षा र गैर-रक्षा सम्बन्धी परियोजनामा त्रिसट्टी अर्ब अमेरिकी डलर छुट्याउने छ।

        हालका केही वर्षहरूमा अमेरिकी संसदका दुई मुख्य पार्टी अर्थात् डेमोक्रेट्स र रिपब्लिकन पार्टीबीच सरकरी बजेट सम्बन्धमा विवाद चर्कंदै गएको छ। यस वर्षको अक्टोबरमा अस्थायी रकम छुट्याउने विधेयकमा सहमति नभएकाले अमेरिकी सरकारका विभिन्न सेवा सत्र वर्षयता पहिलो पटक बन्द भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह