फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2014मा पनि चीन निरन्तर रुपमा विश्व अर्थतन्त्रका लागि सबैभन्दा ठूलो प्रवर्द्धन शक्ति बन्ने : डएडब्लुएम

(GMT+08:00) 2013-12-13 11:00:57

        जर्मनी पूँजी तथा धन व्यवस्थापन डएडब्लुएमले हालै सन् 2014को बजारमूलक लगानी पूर्वानुमान सार्वजनिक गर्दै आउने वर्ष सारा विश्वको अर्थतन्त्रको बृद्धि मुख्य गरी अमेरिकाको नेतृत्वमा रहेका विकसित मुलुकबाट प्रभावित हुने भएता पनि अर्थतन्त्रको बृद्धि दरबाट हेर्दा चीन विश्वमा अर्थतन्त्रको पहिलो प्रवर्द्धन शक्तिको रुपमा निरन्तर रहने जनाएको छ।

        अन्तर्राष्ट्रिय बैंकिङ्ग बजारका समस्त लगानीकर्ताका लागि सन् 2014 एक आशालाग्दो वर्ष हुनुको साथै विश्व अर्थतन्त्रले नयाँ बसन्त ऋतु स्वागत गर्ने पनि जनाइएको छ। डएडब्लुएमका जिम्मेवार व्यक्तिका अनुसार, युरोपको अर्थतन्त्र गत वर्षको सबैभन्दा कठिन अवस्थाबाट गुज्रेर हाल पुनःरुत्थान भइरहेको छ। साथै सन् 2014मा पूरै युरोपेली क्षेत्रको कूल गार्हस्थ्य मात्रा अर्थात् जी डि पीको बृद्धि दर 0.7प्रतिशत पुग्ने सम्भावना छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह