फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन भक्तपुरले दिगो सरसफाइ कार्यक्रम सञ्चालन गर्ने

(GMT+08:00) 2013-12-13 17:01:42

        भक्तपुर जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन जिल्ला विकास समिति भक्तपुरले दिगो सरसफाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका लागि पोष्ट ओडिएफ कार्यक्रमअन्तर्गत दिगो सरसफाइका लागि कार्ययोजना निर्माण अन्तिम चरणमा पुगेको जिविसले जनाएको छ।

        कार्ययोजनाको प्रारम्भिक खाका तयार भएको र सो खाकालाई अन्तिम रुप दिने कार्य भइरहेको बताउँदै स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले भन्नुभयो–"कात्तिक 4 गते भक्तपुर जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरियो, नेपाल सरकारको सरसफाइ गुरुयोजनाअन्र्तगत खुल्ला दिसामुक्त क्षेत्र घोषणा पहिलो खुड्किलो मात्र हो, अब सिङ्गो जिल्लामा पूर्ण एवम् दिगो सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।"

       पोष्ट ओडिएफ कार्यक्रमअन्तर्गत मानिसका व्यवहार परिवर्तनका लागि आवश्यक योजना, खुल्ला दिसामुक्त क्षेत्र घोषणा अभियानमा निमार्ण भएका कच्ची शौचालय घरलाई पक्की बनाउने लगायतका कार्यहरू रहेका छन्।

        खुल्ला दिसामुक्त क्षेत्र घोषणा अभियानका क्रममा कतिपय शौचालयका चर्पी घर स्थानीय सामग्री प्रयोग गरेर तथा प्लास्टिकले बेरेर निर्माण भएका थिए। पोष्ट ओडिएफ कार्यक्रमअन्तर्गत त्यस्ता शौचालयका चर्पी घरलाई पक्की बनाउने, सेफ्टी ट्याङ्कीबाट सिधै खोल्सा तथा खोलामा जोडिएका पाइपहरू हटाई स्वच्छ र सफा सहरको विकास गर्ने योजना अघि सारिएको गोरखापत्र अनलाईनमा खबर छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह