फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्वारा इरानको आणविक योजनाको समर्थन गर्ने कम्पनी र व्यक्तिमाथि नाकाबन्दी

(GMT+08:00) 2013-12-13 11:09:34

        अमेरिकी अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले डिसेम्बर बाह्र तारिखका दिन इरानको आणविक योजनाको समर्थन गर्ने केही कम्पनीहरु र व्यक्तिहरुमाथि नाकाबन्दी लगाउने घोषणा गर्दै अमेरिकीहरुलाई ती कम्पनीहरु र व्यक्तिहरुसँग कारोबार गर्न निषेध गर्ने कुरा सार्वजनिक गरेको छ।

        आतंकवाद विरोधी र बैकिङ जासूसीको जिम्मा लिने अमेरिकी उप अर्थ मन्त्री डेभिड गोनले अमेरिकाले विश्वको विभिन्न क्षेत्रको उद्योग-व्यवसाय, बैंक र शेयर कम्पनीलाई आणविक समस्याबारे एक चौतर्फी सम्झौताका लागि ताकिता तुल्याउँदैआएको तर अमेरिकाले इरानमाथि नाकाबन्दी लगाउन स्मरण गराएको कुरा पनि बताउनुभयो।

        चालू वर्षको नोभेम्बरमा इरानको आणविक समस्यासम्बन्धी छ मुलुक र इरानबीच पहिलो चरणको वार्तामा सामान्य मतैक्यता भएपछि अमेरिकाले इरानको आणविक योजनाको समर्थन गर्ने कम्पनी र व्यक्तिको कालो-सूची सार्वजनिक गरेको यो पहिलो पटक हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह