फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तालिवानसँग वार्तामार्फत समस्याको समाधान निस्कने पाकिस्तानी राष्ट्रपतिको आशा

(GMT+08:00) 2013-12-13 16:10:09

         पाकिस्तानी राष्ट्रपति मामनून हुस्सउनले पाकिस्तानी सरकारले तालिवानसँग वार्तामार्फत् समस्याको समाधान गर्ने आशा व्यक्त गर्नुभएको छ। 12 तारिख राति कराँचीमा सञ्चार माध्यमलाई प्रतिक्रिया दिंदै उहाँले यदि पाकिस्तानी तालिवानले सामान्य रुपमा वार्ता नगर्ने हो भने सरकारले अन्य उपायद्बारा सशस्त्र समूहको प्रतिकार गर्ने बताउनुभयो।

         नोभेम्बर 1 तारिख राति अमेरिकी सेनाको हवाइ आक्रमणमा पाकिस्तानी तालिवानका नेता हाकिमुल्लाह मेहसुदको मृत्यु भएको थियो। यस घटनालाई लिएर तालिवान सशस्त्र संगठनले सरकारसँग वार्ता नगर्ने घोषणा गर्दै जवाफी गतिविधि संचालन गर्ने चेतावनी दिएको थियो।

        यसैबीच 12 तारिख उत्तर-पश्चिमी पाकिस्तानको उत्तरी वाजिरिस्तान जातीय क्षेत्रमा सडक बम आक्रमणमा परेर कम्तीमा चार पाकिस्तानी सेनाको मृत्यु हुनुका साथै अरु सात जना घाइते भएका छन्। पाकिस्तानी तालिवानको शाखाले उक्त आक्रमणको जिम्मेवारी वहन गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह