फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुपन्देही जिल्ला कृषिका लागि नमुनाका रुपमा विकास हुनसक्ने

(GMT+08:00) 2013-12-14 15:59:12

         रुपन्देही कृषिका लागि उर्भर ठाउँ भएकाले नमुनाका रुपमा विकास हुन सक्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले भैरहवामा आयोजना गरेको व्यवसायीक कृषिको महत्व र चुनौति विषयक अन्तरक्रियामा सहभागीहरुले रुपन्देही जिल्ला कृषि क्षेत्रको विकासका दृष्टिले प्रचुर सम्भावना बोकेको जिल्ला भएको बताएका छन।

         उनीहरुले उद्योग, ब्यापार र पर्यटनसंगै कृषिको व्यवसायीकरणका हिसाबले पनि रुपन्देही देशकै नमुना जिल्ला बन्न सक्ने प्रसस्त संभावना र अवसर भएको औंल्याएका हुन्।

         कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि विकास कार्यालय रुपन्देहीका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले रुपन्देहीमा धान, गहुँ , तरकारी र फलफूल खेती तथा माछा र पशुपालन एवं कृषि पर्यटन व्यवसायबाट प्रसस्त आम्दानी गरी जिल्लाको अर्थतन्त्रलाई माथि उठाउन सकिने स्पष्ट पार्नुभयो।

          उहाँले रुपन्देहीको कूल भूभागको 61 प्रतिशत जमिन खेतीयोग्य, हावापानी उपयुक्त, यातायातको सुगमता र बजारको पनि समस्या नभएकाले खेतीको व्यावसायिकरण र प्रविधिको आधुनिकरणमा सरकार र निजी क्षेत्रको ध्यान केन्दि्रत हुनुपर्ने समेत औंल्याउनुभयो।

          रुपन्देही धान र गहुंको उत्पादनमा आत्मनिर्भर मात्र नभई 52 प्रतिशत उत्पादन अन्य जिल्लामा निर्यात गर्न सफल भएको र बीउ उत्पादनमा पनि अग्रणी रहेको उल्लेख गर्दै जिल्लामा वाषिर्करुपमा गहुको बीउ करिब 3 हजार मेट्रिक टन,धानको बीउ करिब 24 सय मेट्रिक टन, मसुरोको बीउ करिब 4 मेट्रिक टनको कारोबार गरेको जानकारी दिनुभयो।

          जिल्लामा वार्षिक करिब 22 करोड रुपैया बराबरको बीउ बिजनको मात्रै कारोबार हुने मात्र नभई जिल्ला भित्र र जिल्ला बाहिर समेत धान,गहु, तोरी, मसुरोको बीउ माग उच्च रहेको अनलाईन खबरले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह