फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रधानमन्त्री र अफ्गानिस्तानी राष्ट्रपतिबीचको वार्ता

(GMT+08:00) 2013-12-14 13:02:52

          भारतीय प्रधानमन्त्री मनमोहन सिंहले 13 तारिख नयाँ दिल्लीमा अफ्गानिस्तानी राष्ट्रपति हामिद कार्जाइसँग भेट-वार्ता गर्नुभएको छ। चालू वर्ष यो राष्ट्रपति कार्जाइले तेस्रोपटक भारतको भ्रमण गर्नुभएको हो। द्बीपक्षीय सम्बन्ध र साझा अभिरुचि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाबाहेक दुइ पक्षले अफ्गानिस्तान र अमेरिकाबीचको "द्बिपक्षीय सुरक्षा सन्धि"बारे छलफल गरेका छन्।

          यसअघि भारतले उक्त सन्धिबारे मध्यस्थता गरेर राष्ट्रपति कार्जाइसँग हस्ताक्षर गर्नका लागि ताकिता गर्ने आशा अमेरिकाले गरेको छ। तर वार्तापछि भारतले यो विषयमा ध्यान दिए तापनि भाग नलिने वा टिप्पणी नगर्ने धारणा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सञ्चार माध्यमलाई बताइसकेका छन्।

          अफ्गानिस्तान र अमेरिकाबीचको "द्बिपक्षीय सुरक्षा सन्धि"को सम्झौता-वार्ता गत वर्षको नोभेम्बर महिनादेखि सुरु भएको हो। उक्त सन्धिमा सन् 2014 सम्ममा नेटो सेना अफ्गानिस्तानबाट फिर्ता बोलाइएपछि तैनाथ अमेरिकी सेनाको संख्या लगायत केन्द्रिय विषय समेत रहेको छ। अफ्गानिस्तानमा यो सन्धिबारे मतभेद रहेको छ।

          त्यसबाहेक सञ्चार माध्यमहरुका अनुसार, यसै वार्तामा भारत र अफ्गानिस्तानले सैन्य सहायतामा पनि प्रगति हासिल गरेका छैनन्।

          राष्ट्रपति कार्जाइको यस भ्रमणको अर्थ विशेष भएको विश्लेषण गरिएको छ। दीर्घकालीन रुपमा दुई मुलुकले घनिष्ट सहयोग सम्बन्धलाई कायम राखिरहेका छन्। अफ्गानिस्तानको स्थिरता भारतको राष्ट्रिय फाइदासँग सम्बन्धित रहेको छ। भारतले अफ्गानिस्तानका लागि सैन्य सहायतालाई बढाएर पाकिस्तानको विरोध गर्न सहयोगी भएको विश्लेषण गरिएको छ। तर भारतले अफ्गानिस्तानको भिडन्तमा भाग लिनु नपर्ने टिप्पणी पनि गरिएको छ। अफ्गानिस्तानमाथि भारतको प्रभावलाई लिएर पाकिस्तानले दीर्घकालीन नजर पुर्‍याइरहेको छ। भारतले अफ्गानिस्तानका लागि हतियार दिने गतिविधिलाई पाकिस्तानले आफूमाथिको धम्की भएको बुझेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह