फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको केन्द्रीय आर्थिक कार्यशाला गोष्ठीमा आगामी वर्षको आर्थिक कार्यको प्रक्षेपण

(GMT+08:00) 2013-12-14 11:03:58

          चीनको केन्द्रीय आर्थिक कार्यशाला गोष्ठी डिसेम्बर तेह्र तारिखका दिन सम्पन्न भएको छ। सो गोष्ठीले आगामी वर्ष आर्थिक कार्यको समष्टिगत आग्रह र मुख्य कार्यभार प्रस्तुत गरेको छ भने आगामी वर्षको आर्थिक कार्यको नयाँ सन्देश दिएको छ। उक्त नयाँ संकेतमा सकारात्मक बित्तीय नीति र स्थिर मुद्रा नीतिलाई निरन्तर लागू गर्ने, राष्ट्रिय खाद्य सुरक्षाको प्रत्याभूतिलाई महत्व दिने, व्यवसायको बनौटमा सामन्जस्यता ल्याउने, विभिन्न क्षेत्रको सरकारी ऋतु जोखिमको सक्रियताका साथ नियन्त्रण गर्ने, सुधारलाई चौतर्फी रुपमा गहन पार्ने, जीवनशैली सुधारबाट वास्तविक हितको प्रत्याभूति दिलाउने जस्ता विषय समावेश छन्।

          सो सम्मेलनअनुसार, सकारात्मक बित्तीय नीति र स्थिर मुद्रा नीति उद्योग-व्यवसायको लगानी इच्छालाई बढाउनका लागि हितकर हुनेछ। साथै उद्योग-व्यवसायको जोखिम पनि कम हुनसक्ने छ।

          यो सम्मेलनले राष्ट्रिय खाद्य सुरक्षाको प्रत्याभूतिलाई आगामी वर्षमा आर्थिक कार्यको पहिलो स्थानमा राखेको छ। आगामी वर्ष सुधारलाई चौतर्फी रुपमा गहन पार्ने पहिलो वर्ष हो। सुधार तथा सिर्जनशीलता आर्थिक तथा सामाजिक विकासको विभिन्न क्षेत्र र विभिन्न चरणमा राख्नुपर्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह