फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाले वाणिज्य तथा व्यापार संयुक्त संघ बैठकको आयोजना गर्ने

(GMT+08:00) 2013-12-14 18:06:47

         चीन र अमेरिका वाणिज्य तथा व्यापार संयुक्त संघ अर्थात् जिसिसिटिको 24औं बैठक आगामी उन्नाइस तारिखका दिन आयोजना हुँदैछ। चालू वर्ष बौद्धिक सम्पदा अधिकारसम्बन्धी कानून कार्यान्वयन, सामान तथा सेवा बजारमा प्रवेश र निगरानी तथा व्यवस्थापन अवरोध हटाउने विषयमा अमेरिकाले ध्यान दिने अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले 13 तारिखका दिन बताएको छ। सोहि दिन अमेरिकी व्यापार प्रतिनिधि कार्यालयद्बारा प्रकाशित एउटा वक्तव्यमा उक्त कुरा स्पष्ट पारिएको हो।

         अमेरिकी वाणिज्य मन्त्री पेन्नी प्रिजकरका अनुसार, ओबामा सरकारले एशिया-प्रशान्त क्षेत्रीय विभिन्न मुलुकसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई गहन पार्न प्रयास गरेको छ। जिसिसिटि अमेरिका र एशियाबीचको आदान-प्रदानको महत्वपूर्ण भाग हुनुका साथै चीन- र अमेरिकाको सम्बन्धलाई अगाडि बढाउने महत्वपूर्ण आधार पनि हो।

         द्बिपक्षीय आर्थिक तथा व्यापारिक समस्या समाधान गर्ने र वाणिज्य अवसारलाई बढाउने मुख्य मञ्चको हैसियतमा जिसिसिट सन् 1983 मा स्थपित भएको हो। हरेक वर्ष जिसिसिटिले उच्चस्तरीय पूर्ण बैठकको आयोजना गर्ने गरेको छ। यसै 19 तारिखदेखि 20सम्म अमेरिकी वाणिज्य मन्त्री प्रिजकर र व्यापारिक प्रतिनिधि माइकल फ्रोमान र चिनियाँ उपप्रधानमन्त्री वाङ्ग याङ्गले पैचिङ्गमा बैठकको अध्यक्षता गर्नुहुनेछ। अमेरिकी कृषि मन्त्री थोमस भिल्सक पनि बैठकमा उपस्थित हुनुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह