फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया समस्याबारे संयुक्त राष्ट्र संघका महासचिवबाट ताकिता

(GMT+08:00) 2013-12-14 14:04:13

          संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले 13 तारिख सम्बोधन गर्दै विभिन्न पक्षसँग राजनैतिक उपायमार्फत सिरिया समस्याको समाधान गर्न आउँदो महिना आयोजना हुने दोस्रो जेनेभा बैठकमा उपलब्धि हासिल गर्न हुने अपेक्षा गर्नुभएको छ।

          सोहि दिन महासचिव बान कि मूनले राष्ट्र संघीय महासभासमक्ष सिरियाली रासायनिक हतियार समस्या जाँचबुझ मण्डलको अन्तिम प्रतिवेदन पेश गर्नुभएको छ। जाँचबुझ मण्डलले संकलन गरेको प्रमाण तथा सामग्रीअनुसार सिरियाका विभिन्न क्षेत्रमा सेना तथा सर्वसाधारणमाथि लक्षित रासायनिक हतियारको प्रयोग गरिएको थियो। त्यसको महासचिव बान कि मूनले सम्बोधन गर्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले रासायनिक हतियारको प्रयोगको सबैभन्दा कडा निन्दा गरेर मानवको सामान्य मानविरोधी गतिविधि भएको बताउनुभएको छ।

          केही महिना यता सिरियाली रासायनिक हतियार नष्ट गर्ने कार्यमा अन्तर्राष्ट्रिय समाजद्बारा जारी राखिएको प्रक्रियाको उहाँले स्वागत गर्नुभयो।

          सोहि दिन राष्ट्र संघीय निरस्त्रीकरण मामिलाका उच्च प्रतिनिधि अन्जेला कान, जाँचबुझ मण्डलका जिम्मेवार एके सेलस्ट्रोम आदिले राष्ट्र संघीय मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ। उहाँहरुले जाँचबुझ अवस्थाको जानकारी दिनुका साथै कुन पक्षले रासायनिक हतियारको आक्रमण गरेको विषयसित सम्बन्धित नरहेकोले जाँचबुझ नतिजाले उक्त समस्याको व्याख्या गर्न नसक्ने कुरा स्पष्ट गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह