फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ केन्द्रीय शहरीकरण-कार्य बैठक पैचिङ्गमा

(GMT+08:00) 2013-12-15 14:07:08

         चिनियाँ केन्द्रीय शहरीकरण-कार्य बैठक डिसेम्बर बाह्र तारिखदेखि तेह्र तारिखसम्म पैचिङ्गमा आयोजना भयो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव समेत रहनुभएका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सो बैठकमा सम्बोधन गर्नुभएको छ। सो अवसरमा सीले शहरीकरणको विकास परिस्थितिको विश्लेषण गर्दै शहरीकरणलाई अगाडि बढाउने विचारधारा, मुख्य लक्ष्य, आधारभूत सिद्धान्त र महत्वपूर्ण कार्यभार प्रस्तुत गर्नुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य एवम् चीनका प्रधानमन्त्री ली ख छ्याङले यस बैठकलाई सम्बोधन गर्दै हाल शहरीकरण कार्यको महत्वपूर्ण विषयबारे टिप्पणी गर्नुका साथै शहरीकरणको ठोस बन्दोबस्त प्रस्तुत गर्नुभएको छ।

         सो बैठकअनुसार, शहरीकरणलाई अगाडि बढाउने कार्यले चीनको समाजवादको प्राथमिक चरणको आधारभूत राष्ट्रिय अवस्थासित मेल खानुपर्ने आवश्यकता छ।

         उक्त बैठकमा शहरीकरणलाई अगाडि बढाउने मुख्य कार्यभार प्रस्तुत गरिएको छ। पहिलो, शहरतर्फ बसाइँ सर्ने गाउँले संख्यालाई शहरका वासिन्दाको रुपमा रुपान्तरित हुन प्रबर्द्धन गरिनेछ। दोस्रो, शहरको निर्माणका लागि जमीनको प्रयोग कार्यशीलतालाई माथि उकासिनेछ। तेस्रो, रकमको प्रत्याभूतिका लागि बहुपक्षीय र निरन्तर प्रणालीको स्थापना गरिनेछ। चौथो, शहरीकरणको स्थितिलाई सुव्यवस्थित पारिनेछ। पाँचौं, शहरीकरण निर्माणको स्तरलाई माथि उकासिनेछ। छैठौं, शहरीकरणको व्यवस्थापन गरिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह