फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङ्ग व्हो तीन नम्बर अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेपछि अन्तर्राष्ट्रिय समुदायको सकारात्मक टिप्पणी

(GMT+08:00) 2013-12-15 14:30:30

        चीनको छाङ्ग व्हो तीन नम्बर अन्वषेण अन्तरिक्ष यान 14 तारिख राति चन्द्रमाको निर्धारित क्षेत्रमा सफलताका साथ सफ्ट ल्याण्डिङ्ग गरेको छ। यो सँगै चीन विश्वमा चन्द्रमामा हल्का अवतरण गर्ने तेस्रो मुलुक बनेको छ। रुस, अमेरिका, यूरोप र भारत आदि मुलुकका मुख्य सञ्चार माध्यमले यस विषयको बारेमा जानकारी दिएका छन्।

        रुसी गजेटा वेवसाइटका अनुसार, सन् 1976 अगष्ट 24 तारिखमा सोभियत संघको अन्तिम चन्द्रमा अन्वेषण अन्तरिक्ष यानले चन्द्रमा अवतरण गरेपछि 37 वर्षमा कुनै मुलुकले यस्तो गतिविधि गर्न खोजेको थिएन। छाङ्ग व्हो तीन नम्बर अन्तरिक्ष यान चन्द्रमामा सफलताका साथ सफ्ट ल्याण्डिङ्ग गरेकोले चीनले अन्तरिक्ष योजनालाई घच्घच्याउने रुसी विशेषज्ञको विश्लेषण छ।

        अमेरिकी द एसोसिएटेड प्रेसले अमेरिका र सोभियत संघपछि चीन विश्वमा चन्द्रमामा हल्का अवतरण गर्ने तेस्रो मुलुक बनेको जानकारी दिएको छ। चीनको अन्तरिक्ष योजनाबारे चीनलाई गौरव लागेको छ। यद्यपि हाल अमेरिका र रुसको तुलनामा चिनियाँ अन्तरिक्ष प्रविधि र अनुभव पछिल्लो भए तापनि चिनियाँ अन्तरिक्ष योजनाले छोटो समयमा राम्रो उपलब्धि हासिल गरेको छ। त्यसैले आगामी दश-बीस वर्षमा अन्तरिक्ष क्षेत्रमा चीन अमेरिका र रुसको प्रतियोगी बनेछ। साथै केही क्षेत्रमा यी दुइ मुलुकभन्दा चीन अझ उन्नतशील हुनेछ।

         चिनियाँ अन्तरिक्ष योजनामा छाङ्ग व्हो तीन नम्बर अन्तरिक्ष यान चन्द्रमामा सफलताका साथ सफ्ट ल्याण्डिङ्ग गर्नु यस क्षेत्रमा एक कोसेढुँगा भएको अमेरिकी द वालस्ट्रीट जर्नलले लेखेको छ।

         बिबिसिले लेखेको टिप्पणीमा यसबाट चिनियाँ अन्तरिक्ष योजनाले महत्वपूर्ण प्रगति हासिल गरेको उल्लेख छ।

         भारतको हिन्दूस्तान टाइम्स वेवसाइटले लेख प्रकाशित गरेर छाङ्ग व्हो तीन नम्बर अन्तरिक्ष यान ल्याण्डिङ्ग कार्यक्रमबारे उल्लेख गर्नुका साथै यु थु निरीक्षण यानले चन्द्रमामा गर्ने वैज्ञानिक अनुसन्धान कार्यको बारेमा पनि चर्चा गरेको छ। चन्द्रमा अन्वेषण गर्ने योजना चिनियाँ नेतागणको चिनियाँ संकल्पनाको एक अङ्ग हो। छाङ्ग व्हो तीन नम्बर अन्तरिक्ष यान चन्द्रमामा सफलताका साथ सफ्ट ल्याण्डिङ्ग गरेबाट चिनियाँ अन्तरिक्ष स्तर विश्वमै उन्नतशील भएको देखिन्छ। जसले अन्तरिष क्षेत्रमा चीनको विश्वासलाई सबल पार्नेछ। चन्द्रमामा अवतरणले अन्तरिक्ष अनुसन्धानमा चिनियाँ प्रविधिको तीव्र विकास स्पष्ट देखाएको द हिन्दूले प्रकाशित गरेको लेखमा उल्लेख छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह