फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको बदनाम गर्ने अभिप्रायले जापानी नेताले अन्तराष्ट्रिय मञ्चमा अभिव्यक्ति दिएकोमा चीनद्वारा कडा आपत्ति

(GMT+08:00) 2013-12-15 15:46:24
          जापानी नेताले अन्तर्राष्ट्रिय जगतमा चीनको बदनाम गर्ने मनशायले दिएको अभिव्यक्तिप्रति चीनले कडा आपत्ति जनाएको छ। जापानी प्रधानमन्त्री शिन्चो अबेले जापान-आशियान शिखर सम्मेलनमा पूर्वी चीन समुद्री हवाई पहिचान क्षेत्रबारे आफ्नो दृष्टिकोण राखेको प्रति चीनले असन्तोष प्रकट गरेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले बताउनुभयो।

          यही 14 तारिखका दिन प्रवक्ता हुङ्गले त्याउ यू टापू चीनको अविच्छिन्न भूभाग भएको दोहोर्‍याउँदै जापानले त्याउ यू टापूको चोरी र कब्जा गर्ने गतिविधि अवैध भएको टिप्पणी गर्नुभयो।

          गत वर्षदेखि जापानले त्याउ यू टापूमाथिको विवाद उक्साएको थियो। एकतर्फी रुपमा त्याउ यू टापूको अवस्थामा परिवर्तन गर्ने जापान नै हो। कानूबमोजिम राष्ट्रिय सार्वभौमिकता र प्रादेशिक अखण्डताको सुरक्षा गर्नु कदम सही भएको चीनको अडान छ।

          चीनले पूर्वी चीन सागरको हवाई रक्षा पहिचान क्षेत्र बनाउनुको उद्देश्य राष्ट्रिय हवाइ सुरक्षाको प्रत्याभूति गर्ने भन्ने हो। यो अन्तर्राष्ट्रिय कानून र नियम सङ्गत छ। अन्तर्राष्ट्रिय कानूनबमोजिम यसबाट अरु कुनै मुलुकको अडान स्वतन्त्रतामा प्रभाव नपार्ने पनि प्रवक्ता हुङ्गले स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह