फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका राजनीतिक दलहरुबीचमा समानुपातिक सूचीको म्याद थप्ने सहमति

(GMT+08:00) 2013-12-16 17:44:26

          नेपालका मुख्य दलका प्रमुखहरु रहेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची बुझाउने म्याद 1 हप्ता थप्न निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ। उच्चस्तरीय राजनीतिक समितिको आजको बैठकले यस्तो निर्णय गरी मुख्य दलका शीर्ष नेताहरु निर्वाचन आयोग गएर आफूहरुले गरेको निर्णयको जानकारी गराएका छन्।

          बैठकपछि नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले भन्नुभयो, 'अब कुनै दल संविधानसभामा आउँदैन कि भन्ने श‌ंकाको निवारण भएको छ।' उहाँले संविधानसभाको बैठक बस्नुअघि नै महत्वपूर्ण विषयमा सहमति गरेर अगाडि बढ्ने बताउनुभयो।

           'दलबीचमा छलफल चलिरहेकाले भोलिको मिति देखि 1 हप्ता म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेका छौँ,' तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भन्नुभयो, 'अन्य विषयमा पनि छलफल जारी छ।'

           हिजो आइतबार बसेको समितिको बैठकले राजनीतिक समितिलाई निरन्तरता दिने निर्णय गरेको थियो।

           निर्वाचनमा 'धाँधली' भएको विषयमा छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने एमाओवादीलगायत साना दलको माग राख्दै आएका छन्। छानविन समिति गठन नभए समानुपातिक सूचि नबुझाउने भनिरहेका उनीहरुको मागलाई कांग्रेस–एमालेले अस्वीकार गरेका छन् भने एमाओवादी संसदीय समिति गठन गर्न सकिने विषयमा लचिलो हुँदै गएको छ। आजको बैठकले दलहरु सहमतिको नजिक पुगेको नागरिक अनलाइनले उल्लेख गरेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह