फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँ उपत्यकका चारवटा पेट्रोलपम्पलाई कारवाही

(GMT+08:00) 2013-12-16 17:45:01

        नाप्ने उपकरण बिगारेर पेट्रोल बिक्री वितरण गरेको आरोपमा काठमाडौँ उपत्यकाका 4 पम्पलाई गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ।

        अनुगमनमा कैफियत भेटिएका 4 पम्पलाई सिल गरी कारबाही प्रक्रिया अघि बढाएको विभागले जनाएको छ। विभागका अनुसार घण्टाघर स्थित चुनिलाल हरिनारायण आयल स्टोल, चाबहिलको न्यु पुष्पाञ्जली ट्रेडर्स, भक्तपुरस्थिति कौशलटारको श्रीअरनिको पेट्रोल सेन्टर र नयाँबानेश्वरको श्री थ्री ब्रदर्स आयल स्टोर कारबाहीमा परेका हुन्। घण्टाघरको पेट्रोल पम्पले 5 लिटरको नापमा 1 सय 50 मिलि कम देखाई बिक्री गरेको विभागले जनाएको छ। उक्त पम्पको बिक्री वितरण बन्द गरिएको छ।

        विभागको विज्ञप्तिअनुसार चाबहिलको पम्पले भने शंकास्पद तार जडान गरेको र अनुसन्धान गर्न खोज्दा तेल सप्लाई बन्द गरेकाले थप नाप लिन नसकेकाले सिल गरी कारोबार रोक्का गरेको जनाइएको छ। 'कौशलटारको पम्पले 5 लिटरको नापमा 25 मिलि घटी पाइएकाले सिल गरी कारोबार रोक्का गरिएको छ,' विज्ञप्तिमा भनिएको छ, 'नयाँबानेश्वरको आयल स्टोरले 2 वटा नोजलमध्ये 1 नोजल मा 5 लिटरको नापमा 40 मिलि घटी पाइएकाले सिल गरी कारोबार रोक्का गरिएको छ।'

         उपमहानिर्देशक तथा प्रवक्ता विश्वबाबु पुडासैनीद्वारा जारी विज्ञप्तिमा 9 पम्पको अनुगमन गरिएको थियो। 2 टोलीले अनुगमन गरेको थियो। विभागले आइतबार ट्याक्सीको मिटर पनि अनुगमन गरेको थियो। 4 सय 50 वटा ट्याक्सीको मिटरमा गरिएको अनुगमनमा 8 वटामा कैफियत भेटिएकाले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। 'उक्त मिटरहरू यस विभागअन्तर्गत ट्याक्सी/टेम्पो इकाईले नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाइएको छ,' कान्तिपुर अनलाइनले उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह