फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली क्रिकेटलाई तीन करोड प्रायोजन

(GMT+08:00) 2013-12-16 17:45:37

        नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सिंगापुरको बीएस स्पोर्ट्सले वाषिर्क 1 लाख डलर बराबरको खेल सामग्री तीन वर्षका लागि प्रदान गर्ने भएको छ।

        नेपाल क्रिकेट संघ (क्यान) र सिंगा स्टिल एसजी प्रालिको बीएस स्पोर्ट्सबीच हिजो आइतबार करिब तीन करोड रुपैयाँको सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ। क्यान अध्यक्ष टंक आङबुहाङ र सिंगा स्टिलका प्रमुख तथा सिंगापुर राष्ट्रिय क्रिकेट टिम कप्तान साद खान जानजुवाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो। नेपाली क्रिकेटले प्राप्त गरेको यो अहिलेसम्मकै सर्वाधिक राशिको प्रायोजन हो।

        सम्झौताअनुसार सिंगापुरको बीएस स्पोर्ट्सले नेपालको राष्ट्रिय टिमका सबै सदस्यलाई प्रायोजन गर्नेछ र उनीहरूलाई आवश्यक पर्ने सबै खेल पोसाक तथा खेल सामग्री प्रदान गर्नेछ। अब नेपालको राष्ट्रिय टिमले आफूले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा बीएस स्पोर्ट्सबाट उत्पादित सामग्रीमात्र प्रयोग गर्नेछ।

        'हामी आईसीसीको रजिस्टर्ड सर्टिफाइड 'भेन्डर' हौँ। त्यसैले हाम्रो लोगो जर्सीमा प्रयोग हुनेछ,' सम्झौतापत्रमा हस्ताक्षर गरेपछि प्रायोजक कम्पनीका साद खानले भन्नुभयो, 'हामी नेपाली क्रिकेटलाई सहयोग गर्न पाएकामा खुसी छौँ। नेपाल कडा मिहिनेत र लगावका कारण विश्वकप खेल्न गइरहेको छ।' उहाँले अघिल्लो साता सम्पन्न 'जर्नी टु वल्र्डकप' प्रतियोगिताको दौरान पूर्वकप्तान विनोद दास र आमिर अख्तरसँगको कुराकानीपछि यसको टुंगो लागेको जानकारी दिनुभयो। आईसीसीको प्रतियोगितामा राम्रो गर्ने नेपाली खेलाडीलाई तुरुन्त प्रोत्साहन रकम उपलब्ध गराउने र टिमलाई म्याच फि प्रदान गर्ने पनि बताउनुभयो।

        त्यस अवसरमा क्यान अध्यक्ष आङबुहाङले नेपाली क्रिकेटले पाएको सफलताले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सबै सहयोगका लागि आतुर देखिएको बताउनुभयो। उहाँले यो क्रिकेटका लागि शुभसंकेत रहेको धारणा राख्नुभयो। बीएस स्पोर्ट्सका बिजनेस प्रमुख मुहमद अली ववरले नेपाली क्रिकेटको विकासका लागि आफूहरू लागिपर्ने विचार व्यक्तगर्नुभयो। राष्ट्रिय टिमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रियस्तरका सामान प्रयोग गर्न पाउनु खुसीको कुरा भएको समाचार कान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह