फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती समाजिक सुरक्षा कार्यक्रममा भिक्षुभिक्षुणी समावेश

(GMT+08:00) 2013-12-16 16:47:42

          हालसम्म तिब्बतीका 29 हजार भन्दा बढी भिक्षु र भिक्षुणीहरु समाजिक सुरक्षा प्रणालीमा प्रवेश गरेका छन्।

         सन् 2011 देखि हरेक वर्ष तिब्बत स्वायत्त प्रदेशको सामाजिक सुरक्षामा मात्र1 करोड 30 लाख चिनियाँ युआन थप खर्च भएको छ। हालसम्म दर्ता गरिएका सबै भिक्षु र भिक्षुणीहरुले चिकित्सा बीमा, अक्षय बीमा, बन्दोबस्त बीमा र दुर्घटनाको बीमा लिएका छन्। तिब्बतले हरेक वर्ष भिक्षु र भिक्षुणीलाई स्वास्थ्य परीक्षण गर्दछ। वृद्ध भएका भिक्षु र भिक्षुणीका लागि छुट्टै बसोबासको निर्माण गरिएको छ। तिब्बतले भिक्षु र भिक्षुणीलाई निशुल्क स्वास्थ्य तथा बसोबास सेवा उपलब्ध गराएको छ।

          तिब्बतमा 1 हजार 7 सय धार्मिक गुम्बाहरु छन्। तिब्बतले भिक्षु र भिक्षुणीलाई विभिन्न समाजिक सुरक्षाका कार्यक्रमहरु उपलब्ध गराउनुको साथै तिब्बत सरकारले बौद्ध गुम्बा र भिक्षु-भिक्षुणीको संरक्षण गर्ने नीति सार्वाजनिक गरेको छ। भिक्षु र भिक्षुणीको जीवनस्तर र उनीहरुको धार्मिक अभ्यासको वातावरणलाई प्रभावकारी रुपमा सुधार गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह