फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय झण्डा चन्द्रमामा

(GMT+08:00) 2013-12-16 17:51:04

          डिसेम्बर पन्ध्र तारिख राती 11:45 तिर छाङ अ तीन अवतरण अन्तरिक्षयान तथा यु थु नामक निरीक्षण अन्तरिक्षयानले एक अर्काको फोटो खिचेका छन्। चन्द्रमामा पुगेको पहिलो चिनियाँ राष्ट्रिय झण्डाको दृश्य टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको छ। यसले छाङ अ तीन अवतरण अन्तरिक्षयानको कार्य सफलतासाथ पूरा भएको छ। जसबाट चीन विश्वमा चन्द्रमामा सफल अवतरण गर्ने तथा चन्द्रमामा गश्ति गर्ने अन्वेषण प्रविधि पठाउने तेस्रो मुलुक बनेको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ, प्रधान मन्त्री ली ख छ्याङले पैचिङ अन्तरिक्ष उड्डयान नियन्त्रण केन्द्रमा यी दुईटा अन्तरिक्षयानले फोटो खिचेको प्रत्यक्ष प्रसारण हेर्नुभयो। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले पठाएको सम्बन्धित विस्तृत विवरणः

         अनुगमन तथा नियन्त्रण व्यक्तिले आदेश दिएपछि छाङ अ तीन अवतरण अन्तरिक्षयानले चन्द्रमाको फोटा खिच्न थाल्यो। राति 11:45 बजेतिर चन्द्रमाबाट पठाइएको तथ्याङ्कको संचालन भएपछि नियन्त्रण हलको स्क्रिनमा यु थु नामक निरीक्षण अन्तरिक्षयानको स्पष्ट दृश्य देखिएको छ। यु थुमा राखिएको रातो चिनियाँ राष्ट्रिय झण्डा राम्रोसँग देखियो।

          त्यसपछि चीन चन्द्रमा अन्वेषण परियोजनाका मुख्य निर्देशक मा सीङ रुवीले छाङ अ तीन अवतरण अन्तरिक्षयानले सफलताका साथ कार्यलाई पूरा गरेको घोषणा गर्नुभयोः

          "निर्देशनालयको प्रतिवेदन वमोजिम, छाङ अ तीन अवतरण अन्तरिक्षयान तथा यु थु निरीक्षण अन्तरिक्षयानले एक अर्काको फोटो खिचेका छन् र सम्बन्धित तथ्याङ्क राम्रोसँग पठाएका छन्। प्राप्त तथ्याङ्क पूर्ण भएको र चित्र स्पष्ट भएको छ। निरीक्षण अन्तरिक्षयान तथा अवतरण अन्तरिक्षयान दुवै उपकरण राम्रोसँग तथा सामान्य रुपमा चलिरहेका छन्। निर्धारित लक्ष्यलाई पूरा गरेपछि छाङ अ तीन चन्द्रमामा सफलतापूर्वक अवतरणले चिनियाँ अन्तरिक्ष कार्यलाई सफलताका साथ पूरा गरेको छ।"

          चीनका उप प्रधान मन्त्री मा खाइले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राज्य परिषद तथा केन्द्रीय सैन्य आयोगबाट पठाइएको बधाइ सन्देशलाई सुनाउनुभयो।

          "छाङ अ तीनको चन्द्रमामा सफलतापूर्वक अवतरण चीनको अन्तरिक्ष क्षेत्रमा सबभन्दा जटिल र गाह्रो कार्यहरुमध्येको एक मानिन्छ र यो मानवजातिले अन्तरिक्षको अन्वेषण गर्ने क्रममा चिनियाँ राष्ट्रले गरेको ठूलो योगदान हो। फराकिलो ब्रह्याण्डको अन्वेषण गर्नु तथा अन्तरिक्षको शान्तिपूर्ण प्रयोग गर्नु नै चिनियाँ राष्ट्रको हजारौँ वर्षसम्मको संकल्प थियो। छाङ अ तीनको सफलता नै चीनको चन्द्रमा अन्वेषण परियोजना मानवरहित स्वचालित नमूना प्राप्त गर्ने नयाँ चरणमा प्रवेश भएको प्रतीक हो।"

           अवतरण अन्तरिक्षयान तथा यु थु निरीक्षण अन्तरिक्षयानले एक अर्काको फोटो खिचेको समय एक मिनेट मात्रै थियो। वास्तवमा अवतरण अन्तरिक्षयान तथा यु थु निरीक्षण अन्तरिक्षयानले चन्द्रमामा पुगेको बित्तिकै पछिको एक मिनेटसम्म फोटो खिच्नका लागि तयार गर्न थाले। पन्ध्र तारिख विहान चार बजेतिर यु थु नामक निरीक्षण अन्तरिक्षयानले अवतरण अन्तरिक्षयानबाट छुट्याइएपछि निरीक्षण अन्तरिक्षयानले चन्द्रमामा हिँड्ने, चन्द्रमाको भौगोलिक अवस्थाबारे जानकारी लिने, दृश्यमा आधारित स्थान निर्धारित गर्ने लगायत दूरबाट नियन्त्रित अपरेशन गरिसक्यो।

          उक्त प्रक्रियामा पैचिङ अन्तरिक्ष उड्यान नियन्त्रण केन्द्रले टाढाबाट दुवै अन्तरिक्षयानको नियन्त्रण गर्न सफल भयो।

           छाङ अ तीन अन्तरिक्षयानको अवतरण सफलताबाट अन्तरिक्षयानको उड्यानको नियन्त्रण क्षमता तथा स्तरमा चीन अर्को चरणमा पुगिसकेको र चन्द्रमामा निरीक्षण तथा अन्वेषण गर्ने चालको टाढाबाट नियन्त्रण गर्ने प्रविधि प्राप्त गरेको प्रतिविम्वित गरिन्छ। यसबारे चर्चा गर्दै पैचिङ अन्तरिक्ष उड्डयान नियन्त्रण केन्द्रका प्रमुख छन होङमीनले भन्नुभयोः

           "यस पटकको कार्य पहिलेको उड्ड्यान नियन्त्रणसँग धेरै फरक हुन्छ। यस क्रममा हामीले नियन्त्रण गर्ने नयाँ तरिका तथा नयाँ प्रविधिको प्रयोग गरेका छौँ। हाम्रो लागि यो एउटा प्रगति हो।"

           निर्धारित योजनानुसार, यु थु नामक निरिक्षण अन्तरिक्षयान तथा अवतरण अन्तरिक्षयानले बेग्ला बेग्लै रुपमा काम गरी चन्द्रमाको भौगोलिक अवस्था तथा बनौट, चन्द्रमामा कारक तत्व, प्रयोग गरिने उर्जाश्रोत लगायतका विविध विषयबारे बैज्ञानिक अन्वेषण गर्ने छन्।

           छाङ अ तीन अन्तरिक्षयानलाई डिसेम्बर दुई तारिख सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो। सो यान निर्धारित मार्गमा प्रवेश भयो। चौध तारिख यसै अन्तरिक्षयानले चन्द्रमामा सफलतापूर्वक अवतरण गर्‍यो। चीन चन्द्रमा अन्वेषण परियोजना अनुसार, सन् 2020 अघि चीनले चन्द्रमामा मानिरहित प्रबन्धले नमूना प्राप्त गरी फर्कने छ जसबाट मानवसहित चन्द्रमा अन्वेषण कार्यको लागि बलियो जग बसालिने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह