फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा मरुभूमीकरण प्रतिरोधमा चिनियाँ अनुभव अनुकरणीय

(GMT+08:00) 2013-12-16 10:20:14

        विश्वमा मरुभूमीकरण प्रतिरोध क्षेत्रमा प्रयास अपुग भएको र यसको लागि अझै धेरै परियोजनालाई लागू गर्नुपर्ने चिनियाँ अनुभवलाई विश्वमा फैलाउन लायक देखिन्छ। 'संयुक्त राष्ट्र संघ मरुभूमीकरण प्रतिरोध सन्धि' सचिवालयका कार्यकारी सचिव मोनिक बार्बुटले हालै जर्मनीको पोनमा सो विचार व्यक्त गर्नुभएको हो।

        विश्वमा जग्गाको पुर्नस्थापनाभन्दा क्षय बढी भएका थोरै मुलुकहरुमध्ये चीन एक रहेको उहाँले औँल्याउनुभयो। चीनले मरुभूमीकरण तथा जग्गा क्षय जोगाउने क्षेत्रमा हासिल गरेको उपलब्धिलाई महत्व दिएर बहुपक्षीय सहभागितामा परियोजना बनाई नतिजा प्राप्त गरेको पनि उहाँले बताउनुभयो।

        विश्वमा प्रत्येक वर्ष 1 करोड 20 लाख हेक्टर जग्गा मरुभूमीकरण हुने र खडेरीका कारणले बाँझो बन्ने तथ्याङ्कमा उल्लेख छ। यसरी प्रभावित भएको जग्गामा दुई अर्ब जनसंख्या बसोबास गर्दछन् र तीमध्ये 90 प्रतिशत विकासोन्मुख मुलुकमा रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह