फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेल्शन मण्डेलाको राष्ट्रिय अन्त्यष्टि समारोह सम्पन्न

(GMT+08:00) 2013-12-16 11:21:13

        हिजो पन्ध्र तारिख दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाको राष्ट्रिय अन्त्यष्टि समारोह सम्पन्न भएको छ। विश्वका विभिन्न मुलुकका लगभग पाँच हजार उच्च प्रतिनिधिहरु सो समारोहमा सहभागी भएका थिए।

        मण्डेला परिवारका प्रतिनिधिबाहेक मालावीका राष्ट्रपति, तन्जानियाका राष्ट्रपति, दक्षिण अफ्रिकाका राष्ट्रपति लगायतका राष्ट्रप्रमुखहरुले सो समारोहमा सम्बोधन दिनुभएको थियो।

        अन्त्यष्टिमा दक्षिण अफ्रिकाका सैनिक उच्च अधिकारीहरुले मण्डेलाको पार्थिव शरीर राखिएको कफन बोकेर समाधिस्थलमा लगेका थिए। दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति मण्डेलालाई परम्परागत चलन अनुसार कुनुस्थित उनको पारिवारीक समाधिस्थलमा दफन गरिएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह