फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्री र अमेरिकी परराष्ट्र मन्त्री बीच टेलिफन वार्ता

(GMT+08:00) 2013-12-16 10:21:49

          चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले हिजो पन्ध्र तारिख राति अमेरिकी परराष्ट्र मन्त्री जोनकेरीसँग टेलिफोन वार्ता गर्नु भएको छ। दुई पक्षले चीन र अमेरिका बीचको समबन्ध, प्यालेष्टाइन तथा इजरायल बीचको शान्तिपूर्ण वार्ता र सिरिया समस्यामा बैचारिक आदान प्रदान गरेका छन्।

         चालु वर्षमा चीन र अमेरिकाबीचका शीर्ष तहका नेताहरुले भ्रमण आदानप्रदान गरेको र दुवै मुलुकका नेतृत्वले संयुक्त प्रयासमार्फत राम्रो र स्थिर विकास गर्ने प्रतिवद्धत्ता गरेको मन्त्री वाङ्गले बताउनुभयो। आगामी वर्ष दुई मुलुकबीचको समबन्धमा महत्वपूर्ण हुने बताउँदै मन्त्री वाङ्गले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र अमेरिकी राष्ट्रपति बाराक ओबामा बीचमा सहमति भएका विषयलाई कार्यान्वयन गरिने आशा प्रकट गर्नुभयो।

          अमेरिकी विदेश मन्त्री जोन करीले अमेरिकाले चीनसँग घनिष्ठ सम्बन्ध विकास गर्न चाहेको बताउँदै अन्तर्राष्ट्रिय र क्षेत्रीय समस्यामा विचार आदान प्रदान र सहयोग सबल पार्ने बताउनुभयो। उहाँले अमेरिका र चीनले सँगसँगै नयाँ ढाँचाको ठूलो मुलुकको समबन्ध निर्माण गर्ने इच्छा राखेको पनि स्पष्टट्ट पार्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह