फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छ्याङ्ग अ पाँच अन्तरिक्षयान 2017 मा प्रक्ष्येपण गर्ने लक्ष्य

(GMT+08:00) 2013-12-16 18:22:28

          चिनियाँ प्रतिरक्षा वैज्ञानिक उद्योग व्यूरोका प्रवक्ता वु च च्यानले आज पैचिङ्गमा चिनियाँ छ्याङ्ग अ पाँच चन्द्र यान आगामी सन् 2017 सम्ममा तयार गरेर प्रक्षेपण गर्ने योजना रहेको जानकारी दिनुभयो।

          प्रवक्ता वुले राज्य परिषद अन्तर्गत प्रेस कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा छ्याङ्ग अ तीन अन्तरिक्षयान सफल भएर चन्द्रमाको परीक्षण कार्यमा चिनियाँ परियोजना तेस्रो चरणमा प्रवेश गरेको बताउनुभयो। तेस्रो चरणको उद्देश्य मानवरहित स्वचालित नमूना लिएर फर्कने रहेको बताउँदै उक्त उदेश्य बोकेको छ्याङ्ग अ पाँच अन्तरिक्षयानको तयारी गरेर आगामी सन् 2017 मा प्रक्षेपण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह