फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघका महासचिवद्बारा कोरियाली प्रायद्वीपमा शान्ति कायम राख्न आव्हान

(GMT+08:00) 2013-12-17 10:16:28

             हिजो सोह्र तारिख सोमबार न्यूयोर्कमा आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनले उत्तर कोरियाको आन्तरिक राजनीतिक घटनामा प्रतिक्रिया दिनु भएको छ। उत्तर कोरियाले केही दिन अगाडि त्यहाँका एकजना नेता जाङ सङ थाएकलाई मृत्युदण्ड दिएको घटनाप्रति संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले कोरियाली प्रायद्बिपमा सम्बन्धित विभिन्न पक्षलाई लापरवाहीपूर्ण कारवाही नगर्न आह्वान गर्नुभएको छ।

             महासचिव बानले कोरियाली प्रायद्बिपमा आणविक निशस्त्रीकरणलाई साकार तुल्याउनका लागि उत्तर कोरियाले सक्दो प्रयास गर्ने आशा व्यक्त गर्नुभयो। उहाँले उत्तर कोरियाको राजनीतिक परिघटनाप्रति चिन्ता पनि व्यक्त गर्नुभयो।

              महासचिव बानले सुरक्षा परिषदले उत्तर कोरियालाई दिएको सम्बन्धित निर्णय पालना गर्नुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह