
संयुक्त राष्ट्र संघले हिजो जेनेभामा सन् 2014 का लागि विश्वप्यापी मावनवादी उद्दार सहयोग कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्र संघले त्यस कार्यक्रमका लागि 12 अर्ब 90 करोड अमेरिकी डलर छुट्ट्याएको छ। समस्त विश्वका 17 वटा प्रभावित मुलुकका 5 करोड 20 लाख व्यक्तिलाई मानववादी उद्दार सहयोग प्रदान गर्ने र रकमको आधा भाग सिरिया संकट सामनामा प्रयोग गर्ने नीति बनाइएको छ।
संयुक्त राष्ट्र संघको तथ्याङ्कअनुसार छिमेकी मुलुकमा प्रवेश गरेका सिरियाली शरणार्थीको संख्या 23 लाख नाघेको छ। अहिलेको परिस्थितिको आँकल गर्दा सन् 2014 को अन्तसम्ममा सिरियाली शरणार्थीको संख्या 41 लाख पुग्ने आनुमान गरिएको छ।
सन् 2014 विश्वप्यापी मावनवादी सहयोग तथा उद्दार नीतिअनुसार संयुक्त राष्ट्र संघले हाईयान आँधीको प्रकोप ग्रस्त फिलिपिन्स, तनावपूर्ण अस्थिर अवस्था चर्कंदै गरेका मुलुकहरु अफ्रिकी गणतन्त्र, अफ्रिगानस्तान, सुडान, दक्षिण सुडान, यमन र हैटी आदि मुलुकमा पनि मानववादी उद्दार सहयोग प्रदान गर्ने योजना राष्ट्रसंघले बनाएको छ।