फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायती प्रधानमन्त्री अफ्गानिस्तानमा

(GMT+08:00) 2013-12-17 11:27:45

         बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले हिजो सोह्र तारिख अफ्गानिस्तानको भ्रमण गर्नुभएको छ। हेल्मान्ड प्रान्तमा बेलायती सेनासँग भेट गर्दा उहाँले अफ्गानिस्तानमा बेलायती सेनाको काम सकिएको र आगामी वर्ष फिर्ता गर्न सकिने बताउनुभयो।

         प्रधानमन्त्री क्यामरुनले सन्यास लिइसकेका बेलायती फुटबल सुपरस्टार माइकल ओवेनसँग अफ्गानिस्तानको भ्रमण गर्नुभएको हो। उहाँहरुले अफ्गानिस्तानमा तैनाथ बेलायती सैनिक क्याम्पको अवलोकन गर्नुका साथै बेलायती सेना र स्थानीय बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि हेर्नुभएको थियो।

         प्रधानमन्त्री क्यामरुनले अफ्गानिस्तानको सुरक्षा अवस्था आधारभूत स्तरमा पुगेको र अब आतङ्ककारीले आश्रय नपाउने बताउनुभयो। साथै उहाँले आफ्नो सेना अफ्गानिस्तानबाट फिर्ता भएपछि पनि बेलायतले अफ्गानिस्तानी सेना र प्रहरीलाई निरन्तर रुपमा आवश्यक सहयोग तथा समर्थन गर्ने पनि बताउनुभयो।

          तर बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीले अफ्गानिस्तानसम्बन्धी सरकारको नीतिको आलोचना गरेको छ। अफ्गानिस्तानको स्थिति अझै चिन्ताजनक रहेको बताउँदै अफ्गानिस्तानमा तैनाथ बेलायती सेनाको काम पूरा भइनसकेको लेबर पार्टीले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह