फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन च्याङ हिंसात्मक आतंकवाद मुद्दा समाधान

(GMT+08:00) 2013-12-17 10:28:34

          सिन च्याङ खा शको प्रहरीको प्रारम्भिकले खा श क्षेत्रको शु फु जिल्लामा भएको "डिसेम्बर पन्ध्र" मुद्दा एक संगठित तथा पूर्ववत्-तयारी हिंसात्मक आतंकवाद मुद्दा भएको निश्कर्ष निकालेको छ। प्रहरीले छ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरी केही विस्फोटन उपकरण, घरेलु बन्दुक, धारिला हतियार आदि जफत गरेको छ।

          गत डिसेम्बर पन्ध्र तारिख राति करिब एघार बजे सिन च्याङ खा श क्षेत्रको शु फु जिल्लाका प्रहरीले सा यी पा ग गाउँमा संदिग्ध व्यक्ति पक्राउ गर्दा आतङ्ककारी प्रहार भएको थियो। जसबाट दुई प्रहरी र चौध आतङ्ककारीको मृत्यु भएको थियो भने अरु दुई जना संदिग्ध व्यक्त पक्राउ परेका थिए।

          प्राप्त जानकारीअनुसार, सन् 2013 अगष्टदेखि आशाम इस्मायीको नेतृत्वमा बीस सदस्यीय हिंसात्मक आतंकवादी दल प्रारम्भिक रुपमा गठन भएको थियो। दलले धेरै पटक भेलाको आयोजना गरी धार्मिक अतिवादी विचारधारा प्रचार-प्रसार गर्ने, विस्फोटन उपकरण निर्माण तथा परीक्षण गर्ने, हिंसात्मक आतङ्कवादी गतिबिधिको तयारी गर्ने गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह