फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानले नारामा मात्र नभई शान्तिलाई व्यवहारमा उतार्ने चीनको आशा

(GMT+08:00) 2013-12-17 18:29:04

           चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छ्युन यीङ्गले जापानलाई इतिहासबाट शिक्षा लिएर आफ्ना छिमेकी मुलुकको वैधतालाई उचित समान्न गर्न चीनले आव्हान गरेको बताउनुभयो। आज पैचिङ्गमा परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उहाँले जापानलाई शान्तिपूर्ण बाटोमार्फत आफ्नो क्षेत्रको शान्तिपूर्ण र स्थिर विकासका लागि रचनात्मक भूमिका निर्वाह गर्न चीनले आग्रह गरेको बताउनुभयो।

           जापानी सैनिक सुरक्षा क्षेत्र जापानी विकास सम्बन्धित नीति भएको र त्यसले क्षेत्रीय सुरक्षा स्थितिलाई प्रभाव पार्ने उहाँले औँल्याउनुभयो। जापानले इतिहासमा धेरै पटक नकारात्मक कार्यक्रम चलाएको कारण चीन लगायत एशियाली मुलुक र अन्तर्राष्ट्रिय समाजले जापानको सो सैनिक सुरक्षा कार्यक्रममाथि उच्च ध्यान दिएको र सबै सतर्क हुनुपर्नेमा उहाँले जोड दिनुभयो। जापानले भन्ने गरेको शान्तिपूर्ण कार्यक्रम नारामा मात्र सीमित नरहेर वास्तविक रुपमा व्यवहारमा उतार्ने चीनले आशा लिएको प्रवक्ता ह्वाले बताउनुभयो

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह