फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई 82 करोड रुपैयाँको सहयोग गर्ने

(GMT+08:00) 2013-12-17 18:29:38

          चीनले नेपाली सेनालाई करिब 82 करोड रुपैयाँ सहयोग दिने भएको छ। गत शुक्रबार पैचिङमा चीनका लागि नेपाली राजदूत डा महेश मास्के र चिनियाँ जनमुक्ति सेनाको विदेश मामिला कार्यालयका उपप्रमुख मेजर जनरल सीआई कुओ वीले सहयोग सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार चीनले नेपाली सेनालाई 50 मिलियन युयान (81 करोड 80 लाख रुपैयाँ) सहयोग उपलब्ध गराउने छ।

           प्रधानसेनापति गौरव शम्शेर राणा गत साउनमा चीन भ्रमणमा आउँदा चिनियाँ जनमुक्ति सेना प्रमुख फाङ फेङहुइले चीन सरकारको तर्फबाट 50 मिलियन युयान सहयोग दिने मौखिक प्रतिवद्धता जनाउनु भएको थियो। नेपाल सरकारले चीनको प्रस्ताव स्वीकार गरी राजदूत मास्केलाई प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि शुक्रबार सम्झौतामा हस्ताक्षर भएको हो।

           'नेपाली सेनालाई दिइएको यो सहयोग चीनले नेपाललाई निरन्तर गरिरहेको सहयोगमा अर्को उचाई हो', राजदूत मास्केले भन्नुभयो, 'सम्झौतामा तोकिएको रकम बराबर चीनबाट के कस्तो सहयोग लिने भन्नेबारे दुई पक्ष बसेर तय हुन्छ।'

           चीनमा गत वर्ष राजनीतिक र सैनिक नेतृत्व परिवर्तन भएपछि नेपाली सेनाले पाएको यो पहिलो सहयोग हो। राष्ट्राध्यक्ष सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङको नयाँ नेतृत्वले नेपाल सहित छिमेकी देशहरूलाई कुटनीतिक प्राथमिकतामा राखेका छन्। सहयोग सम्झौताले नेपाल–चीन तथा दुई सेनाबीचको सम्बन्धलाई अझै बलियो बनाउने नेपाली सेनाले जनाएको छ।

           प्रधानसेनापति राणा र चिनियाँ अधिकारीबीच दुई वर्षअघि सहयोग आदानप्रदानमा सम्झौता भएको थियो। चीनले नेपाली सेनालाई दिएको सहयोग रकममध्ये 59 मिलियन युयान (96 करोड 52 लाख रुपैयाँ) बराबरको दुई वटा घुम्ती अस्पतालमा प्रयोग गर्न मिल्ने सामान दिने सम्झौता भएको थियो। प्राकृतिक विपत्ती वा आपतकालीन अवस्थामा प्रयोग गर्न मिल्ने घुम्ती अस्पतालका सामान नेपाल आउने क्रममा रहेको नागरिक अनलाइनले उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह