फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लेखनाथ महोत्सवमा दुई करोड रुपैयाँको कारोबार

(GMT+08:00) 2013-12-17 18:30:06

             कास्की जिल्लाको भण्डारढिकमा चलिरहेको दसौँ लेखनाथ महोत्सवमा दर्शकको घुइँचो लागेको छ। गाउँगाउँबाट र छिमेकी जिल्लाबाट समेत दर्शक आएपछि घुइँचो बढेको हो। महोत्सवको पाँचौँ दिनसम्म 80 हजार दर्शकले अवलोकन गरेका छन्। यसैगरी 2 करोड रुपैयाँको कारोबार भएको छ। गाउँमा खेतीपातीको काम सकिएको कारणसमेत यस पटक महोत्सवमा दर्शक बढेका हुन्।

             हिमाल खुलेको र मौसमसमेत महोत्सवका लागि राम्रो भएकाले दर्शक बढेको प्रचारप्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले बताउनुभयो। उहाँले भन्नुभयो, 'अघिल्लो वर्षसम्म माघमा महोत्सव गरिन्थ्यो, अहिले मौसमसमेत उपयुक्त छ।' महोत्सवमा लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने नाराका साथ गत मंसिर 27 देखि सुरु भएको हो। कृषिदेखि अटोमोबाइल, घरायसी खाद्यान्न, कपडा, तरकारी, खानाका विभिन्न परिकार, बैंक तथा वित्तीय संस्था, शैक्षिक परामर्श केन्द्रसम्मका स्टलले महोत्सवलाई आकर्षक बनाएका छन्। महोत्सव साथी र आफन्त भेट्ने माध्यम भएको थुम्कीका धर्म न्यौपानेले बताउनुभयो। उहाँले भन्नुभयो, 'एक वर्षमा एक पटक सबैसँग भेट हुन्छ, सुन्तला पनि बिक्री गर्न पाइन्छ।' गाउँमा उत्पादित सुन्तला, कफी, तरकारी बेच्ने र रमाइलो हेर्नका लागि महोत्सव माध्यम बनेको छ। महोत्सवले भेटघाट मात्र हैन, कलासंस्कृति जोगाउनका लागि समेत भूमिका खेलेको संघका अध्यक्ष तथा लेखनाथ महोत्सवका संयोजक बाबुराम गिरीले बताउनुभयो। महोत्सव यही पुस 8 गतेसम्म चल्ने कान्तिपुर अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह