फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर सरकार समितिको बैठकमा नेपालका एजेण्डा तय

(GMT+08:00) 2013-12-17 18:30:52

          अन्तर सरकार समिति (आईजीसी) को सचिवस्तरीय बैठकमा नेपालले 10 हजार उन्नत गाई आयातका लागि आग्रह गर्ने भएको छ। गाई अभावमा दैनिक करिब 5 लाख लिटर दूध अभाव भइरहेकाले डेरी उद्योग प्रवर्द्धनका लागि उक्त एजेन्डालाई प्राथमिकतामा राखिएको हो। दुई देशका वाणिज्यसचिवस्तरीय बैठक शनिबार राजधानी काठमाडौँमा सुरु हुँदै छ।

          'उन्नत गाई नेपालले ल्याउन दिने विषयलाई प्रमुख एजेन्डा बनाएका छौँ,' मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले भन्नुभयो, 'गाईको आयात गर्न सफल भए दूधजन्य वस्तुमा आत्मनिर्भर बनाउन केही मद्दत गनेर्छौँ।' गाई आयात निजी क्षेत्र वा सरकार जुनसुकै माध्यमबाट पनि गर्न सकिने उहाँले बताउनुभयो।

          त्यसैगरी बैठकमा व्यापार पारवाहन सम्झैता, व्यापार सहजीकरणमा पनि जोड दिने मन्त्रालयले जनाएको छ। 'तेस्रो मुलुकबाट आयात भएको मेसिनरी मर्मतका लागि पठाउँदा भारतमा समस्या हुने गरेको छ,' सचिव रेग्मीले भन्नुभयो।

          यसैगरी गैरभन्सार अवरोध हटाउनुपर्ने विषयलाई पनि नेपालले महत्त्व दिएको छ। विशेषगरी कृषिजन्य उत्पादन भारत निकासी हुँदा लाग्ने यस्ता महसुलले निर्यात निरुत्साहित गरिरहेको छ। कृषिजन्य उत्पादन भारत जाँदा भन्सार महसुल नलाग्ने भए पनि अन्य तरिकाबाट रोकिने समस्या छ। 'नेपालको प्रयोगशालाले गुणस्तरसम्बन्धी गरेको प्रमाणीकरणलाई मान्यता दिन आग्रह गरिनेछ,' सचिव रेग्मीले भन्नुभयो। बैठकमा जडीबुटी निर्यातमा भारतका विभिन्न प्रान्तले लगाउने गरेको महसुल हटाउन पनि आग्रह गरिनेछ। यसैगरी अन्तःशुल्क फिर्ता विधि ड्युटी ड्र ब्याक खारेज भए पनि अझै प्रक्रियागत समस्या र केही रकम फिर्ता लिन बाँकी रहेकाले त्यससम्बन्धी नेपालले आग्रह गर्ने कान्तिपुर अनलाइनले उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह