फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको वित्तीय रणनीति बनाउन अर्थमन्त्रीको अध्यक्षतामा कार्यदल

(GMT+08:00) 2013-12-17 18:31:22

         नेपालको वित्तीय क्षेत्र विकास रणनीति तयार गर्न एक कार्यदल गठन गरिने भएको छ। उच्च स्तरीय वित्तीय व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले अर्थमन्त्रीको अध्यक्षतामा रणनीतिको मस्यौदा तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।

          कार्यदललाई चैत मसान्तभित्र मस्यौदा पेश गर्न समय दिने निर्णय पनि बैठकले गरेको छ। कार्यदलका लागि केन्द्रमा उच्चस्तरीय निर्देशक समिति र त्यस अन्तर्गत छुट्टाटछुट्टै प्राविधिक र उप समितिहरु गठन गरिएका छन्।

         कार्यदललाई मुलुकभर सेमिनार, अध्ययन र छलफल गरी वित्तीय विकासको रणनीति तयार पार्ने जिम्मेवारी दिइएको छ। कार्यदलको प्राविधिक समितिमा राष्ट्र बैंकका गभर्नर अध्यक्ष, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, बीमा र धितोपत्र बोर्डका अध्यक्ष सदस्य र समितिको सदस्य सचिव राष्ट्र बैंकका निर्देशक छन्।

          अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नयाँ बन्ने रणनीति वित्तीय संस्था, पूँजी बजार र बीमा व्यवस्थापनका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ। रणनीतिले बजेट तयार गर्न ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ।

          उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिका पदेन अध्यक्ष शंकरप्रसाद कोइरालाको अध्यक्षतामा मंगलबार बसेको बैठकमा सदस्य राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रविन्द्रकुमार शाक्य, अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहाकार चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्ले, अर्थ सचिव शान्तराज सुवेदी, नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेललगायत वित्तीय क्षेत्रका पदाधिकारीहरु सहभागी रहेको नागरिक अनलाइनले लेखेको छ।

          2071/71 को बजेट भाषणमा उल्लेख भएअनुसार वित्तीय क्षेत्रको विकासमा सहयोग पुर्याभउन कार्यदल बनाइएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह