फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बैदेशिक सहयोगमा छ दसकको चिनियाँ अनुभव

(GMT+08:00) 2013-12-17 18:34:56

          डिसेम्बर सोह्र तारिख पैचिङमा 'अन्तर्राष्ट्रिय समाजको कर्तव्य गैर-सरकारी मञ्च' सम्पन्न भएको छ। उक्त मञ्चमा बैदेशिक सहयोग प्रदान गर्दै आएको साट्ठी वर्षमा चीनले निसर्त रुपमा सहयोग उपल्बध गराउँदै आएको जानकारी दिइएको छ। साथै चीनले बैदेशिक सहयोगमा बढीभन्दा बढी गैर-सरकारी संगठनलाई समावेश गराउँदै आएको छ। अब सुनौँ, हाम्रो रेडियोका सम्बाददाताले पठाएको सम्बन्धित विस्तृत विवरणः

          जनगणतन्त्र चीन स्थापित भएको चौसट्ठी वर्षमा चीनले गरेको बैदेशिक आर्थिक सहयोगबाट समान आधारमा छलफल गरी साझा हित प्राप्त गर्दै त्यसबाट विकास परिणत हुँदै आएको छ। बैदेशिक सहयोगको तरिका पनि सरकारको नेतृत्वबाट सरकार तथा सरकारी व्यवसाय र मझौला, स-साना गैर-सरकारी व्यवसायको मिलनसम्म परिवर्तित हुँदै आएको छ। बैदेशिक सहयोग गर्ने क्रममा अफ्रिका चीन सरकारले सहयोग प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र भएको छ। चीनको परराष्ट्र मन्त्रालय अफ्रीकी मामिला सम्बन्धी पूर्व विशेष दूत लीउ क्वीले अफ्रिकालाई दिएको सहयोगको विशेषताबारे चर्चा गर्दै भन्नुभयोः

          "चीनले दिएको सहयोग शर्तरहित हो र विश्वका अधिकांश मुलुक विशेष गरी पश्चिमी मुलुकले राजनीतिक विचार तथा कूटनीतिक नीतिलाई फैलाउने साधन स्वरुप' शर्तसहित बैदेशिक सहयोग दिँदै आएका छन्। तर चीनले यसरी कहिल्यै पनि सहयोग दिएको छैन। अफ्रिकालाई दिने सहयोग विकासोन्मुख मुलुक बीचको दक्षिण-दक्षिण सहयोग हो। यस्तो सहयोग पहिले गरिबीले गरिबीलाई दिएको सहयोग थियो भने अहिले विकासोन्मुख मुलुकहरु बीच समान आधारमा एक-अर्काको लागि हितकर हुने सहयोग हो। यसै सन्दर्भमा अन्य विकसित मुलुकले अफ्रिकालाई दिने सहयोग र चीनले दिएको सहयोग बीच निकै फरक रहेको छ।"

           चीनको बैदेशिक सहयोग शास्त्रीय अनुसन्धान क्षेत्रमा कार्यरत च च्याङ नोर्मल विश्वविद्यालय अफ्रिका अध्ययन केन्द्रका प्रमुख लीउ होङउले चीनले अफ्रिकालाई सहयोग दिने क्षेत्रमा हासिल गरेको उपलब्धिबारे जानकारी दिँदै भन्नुभयोः

          "एक्काइसौँ शताब्दीको नब्बेको दशकमा हामीले बैदेशिक सहयोगलाई सुधार गर्दै सहयोगलाई अफ्रिकी आर्थिक बृद्धिलाई जोड दियौँ। यसो गर्दा अफ्रिकी समाज तथा चीन दुवै पक्षलाई अघि बढाएको छ। बितेका दश वर्षभन्दा बढीको समयमा चीनबाट अफ्रिकामा गरिएको लगानीले अफ्रिकी आर्थिक विकास क्रममा जिवन्त शक्ति बनेको छ। अफ्रीकाको विकासलाई अघि बढाउनु नै अफ्रिकामा चीनले गरेको सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय समाजको कर्तव्य मान्दछौँ।"

          चीनको राज्य परिषदको प्रेस कार्यालयले सार्वजनिक गरेको चीनको पहिलो बैदेशिक सहयोग श्वेत-पत्रमा उल्लेख भए अनुसार सन् 2009 को अन्तसम्म चीनले दिएको बैदेशिक सहयोगमा संलग्न कूल रकम 2 खर्ब 56 अर्ब 29 करोड चिनियाँ युआन पुग्यो र विकासोन्मुख मुलुकमा स्थानीय बासिन्दाको उत्पादन तथा जीवनसँग घनिष्ट सम्बन्ध भएका 2 हजार वटा योजनालाई पूरा गरेको छ।

           सहयोग दिने तरिका क्षेत्रबारे चर्चा गर्दै सम्बद्ध विशेषज्ञले भन्नुभयोः बितेका धेरै वर्षयता चीनले गरेको बैदेशिक सहयोगका अधिकांश सरकारी तहमा गरिएको हो र यस्तो सहयोगले सहयोग प्राप्त मुलुकको आधारभूत प्रबन्ध, दक्षव्यक्ति उत्पादन, देशको क्षमताको निर्माण क्रममा सकारात्मक भूमिका निर्वाह गरेको छ। तापनि ती सहयोगमा गैर-सरकारी क्षेत्रको सहभागिता पिछडिएकाले हरेक स्थानीय बासिन्दाले चीनको सहयोग पाउन सकेका छैनन्।

           चीन विश्वको दोस्रो ठूलो आर्थिक एकाइ बनिसकेको छ र सहयोग दिने तरिकाको परिवर्तन गर्नुपर्ने आवश्यकता देखा परेको विचार चीन गरिबी निवारण कोषका कार्यकारी अध्यक्ष ह ताउफङले भन्नुभयोः

          "गैर-सरकारी संस्थाहरु(एन.जी.ओ.)ले सहयोग दिने काम गरेमा स्थानीय बासिन्दाहरुसँग घनिष्ट सम्पर्क राख्न सक्छन्। उनीहरुले एउटा भवन देख्नुको सट्टामा चिनियाँहरुले वास्तविक काम गरिरहेको अनुभव पाउँछन्। सरकारले सहयोगको दिशा निर्देशन गर्छ भने एन.जी.ओ.ले वास्तविक काम गर्न सक्छन्।"

           अध्यक्ष हले ब्याख्या गर्दै भन्नुभयो चीनको अन्तर्राष्ट्रिय कर्तव्यको बहनमा एन.जी.ओ.को सहभागिता भन्ने रणनीति चारवटा तहबाट गर्नुपर्छः एक, एन.जी.ओ.ले सरकारले दिने सहयोगमा भाग लिनु। दुई, एन.जी.ओ.ले विदेशमा चिनियाँ व्यवसायहरुले भाग लिएको बैदेशिक सहयोगमा भाग लिनु। तीन, विश्वको नागरिक बोध उठाइ स्वतन्त्र रुपमा समूहको गठनमार्फत नै अन्तर्राष्ट्रिय एन.जी.ओ. बनाएर अन्तर्राष्ट्रिय उद्धारमा भाग लिनु। चार, देशबन्धुहरुमाझ अन्तर्राष्ट्रिय विचार फैलाउँदै तालिम तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्नु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह