फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया रासायनिक हतियारसम्बन्धी संयुक्त राष्ट्र संघको अन्तिम प्रतिवेदन सार्वजनिक

(GMT+08:00) 2013-12-18 11:32:31

           सिरियाको विदेश मन्त्रालयका अनुसार, सिरिया रासायनिक हतियारसम्बन्धमा संयुक्त राष्ट्र संघले अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ। त्यस अनुसार, आतंककारीले रासायनिक हतियार प्रयोग गरेको पुष्टी भएको छ।

           सिरियाली समाचार समितिले सिरियाली कुटनीतिज्ञको भनाइलाई उद्धृत गरेअनुसार, उक्त प्रतिवेदनले रासायनिक हतियारसम्बन्धमा सिरियाली सरकारले गरेको आरोप प्रमाणित भएको छ। आतंककारीले अलेप्पो प्रान्तको खान अल-आसाल बस्ति र राजधानी डमस्कसको ग्रामीण क्षेत्र लगायतका विभिन्न ठाउंमा रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउंदै सिरियाले संयुक्त राष्ट्र संघका महासचिव तथा सुरक्षा परिषदलाई पहिले नै पेश गरेको पत्र सत्य साबित भएको छ।

           बताएअनुसार, सिरिया रासायनिक हतियार जाँच गर्ने संयुक्त राष्ट्र संघीय टोलीका जिम्मेवार व्यक्ति एक सेल्स्ट्रोमले गत बाह्र तारिख संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनसमक्ष सिरिया रासायनिक हतियारसम्बन्धी अन्तिम जाँच रिपोर्ट प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनका अनुसार, सिरियामा भइरहेको भिडन्तमा रासायनिक हतियार प्रयोग गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह