फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन काँग्रेसको तिब्बती प्रतिनिधिमण्डल फ्रान्स भ्रमणमा

(GMT+08:00) 2013-12-18 10:35:44

            फ्रान्सको भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेसको तिब्बती प्रतिनिधि मण्डलले हिजो सत्र तारिख पेरिसमा फ्रान्सेली राष्ट्रिय सभाका पूर्व-सभामुख बर्नार्द अक्करोयेल लगायत विभिन्न व्यक्तित्वहरूसँग भेट गरेको छ।

           सो अवसरमा प्रतिनिधि मण्डलका प्रमुख, राष्ट्रिय जन कंग्रेसका प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत तिब्बत स्वायत्त प्रदेश शाखाका स्थायी उप-सचिव ऊ यिङ च्येले चीनको राष्ट्रिय जन कंग्रेस र विभिन्न तहका जन कंग्रेसले फ्रान्सका विभिन्न तहका संसदसँग आदान-प्रदान गरी विभिन्न क्षेत्रको व्यावहारिक सहयोगलाई बढाउने इच्छा लिएको बताउनुभयो।

           तिब्बतको धार्मिक नीति र तिब्बती संस्कृतिको संरक्षण अवस्थाबारे जानकारी दिँदै ऊ यिङ च्येले शान्तिपूर्ण मुक्ति भएयता तिब्बतमा ठूलो परिवर्तन भएको कुरामा जोड दिनुभयो। तिब्बती जनताको जीवनसम्बन्धमा तिब्बतमा बसोबास गर्दै आएका विभिन्न जातिका जनताको सबैभन्दा ठूलो वाक्-स्वतन्त्रता रहेको पनि उहाँले बताउनुभयो। साथै उहाँले तिब्बतको भ्रमण गरी वास्तविक तिब्बतको अनुभव लिन फ्रान्सका साथीलाई आग्रह पनि गर्नुभएको छ।

            सो क्रममा पूर्व-सभामुख बर्नार्दले फ्रान्सले चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गरी तिब्बत चीनको एक भूभाग रहेको स्वीकार गरेको बताउनुभयो। फ्रान्सले आगामी वर्ष दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवको उपलक्ष्यमा आर्थिक तथा व्यापारिक र मानव ओहोरदोहोरलाई बढाएर चीन-फ्रान्स नयाँ चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अझ बढाउने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह