फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नान हाइ समुद्र समस्या सम्बन्धी चीनको अडान

(GMT+08:00) 2013-12-18 18:36:55

             सम्बद्ध मुलुकले वार्तामार्फत नान हाइ समुद्र समस्याको समाधान गर्नुपर्ने अडान चीनले लिँदै आएको छ। नान हाइ समुद्र समस्याको सम्बन्धमा कुन पक्षको समर्थन गर्ने भन्ने छनौट नगरी सम्बद्ध मुलुकबीचको समझदारी तथा विश्वासको प्रवर्द्धन गर्नु नै सबैका लागि हितकर भएकाले वार्तामार्फत समस्या समाधान हुनेमा चीनले आशा राखेको छ। अमेरिकी विदेश मन्त्री जोन केरीले हालै भियतनाम र फिलिपिन्सको भ्रमण गर्दा नान हाइ समुद्रबारे धारणा व्यक्त गर्नुभएको थियो। आज पैचिङमा आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङले अमेरिकी विदेश मन्त्री केरीको भनाइबारे चर्चा गर्द‍ा उक्त कुरा भन्नुभएको हो।

              नान हाइ समुद्रमा कारवाही मापदण्ड सम्बन्धमा चीनले आशियानका मुलुकहरुसँग सुचारु तथा प्रभावकारी सम्पर्क राख्दै आएको कुरा पनि प्रवक्ता ह्वाले औंल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह