फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपेली संघको शिखर सम्मेलनमा पहिलो पटक प्रतिरक्षा सहयोगमा छलफल

(GMT+08:00) 2013-12-18 10:37:59

          युरोपेली संघ परिषदका अध्यक्ष हर्मन भोन रोम्पुएले युरोपेली संघमा आवद्ध सदस्य मुलुकका नेतालाई शिखर सम्मेलनको निमन्त्रणा पठाउनुभएको छ। युरोपेली संघको यस पटकको शिखर सम्मेलनमा नेटोका महासचिव एन्डर फोघ रास्मुसेनले पहिलोपटक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

          त्यसैगरी युरोपेली संघको शिखर सम्मेलनमा पाँच वर्षपछि प्रतिरक्षाको सहयोगबारे पहिलोचोटि छलफल हुने बताइको छ। यस किसिमको विषयमा सन् 2008 मा छलफल भएको थियो। सन् 2008 पछि पूरै युरोपभरि आर्थिक संकट चिन्ताको विषय बन्दै आएको छ। आर्थिक संकटबाट मुक्ति पाउन युरोपेली संघका नेताले चिन्ता प्रकट गर्दै हरेक शिखर सम्मेलनमा आर्थिक मुद्दालाई प्राथमिकता राख्ने गरेकाले प्रतिरक्षा समस्या ओझेलमा पर्दै आएको थियो। नेटोका महासचिव एन्डरका अनुसार युरोपेली संघका नेताले यसै साता आयोजना गर्ने शिखर सम्मेलनमा प्रतिरक्षा सहयोगलाई सबल बनाउने निर्णय गर्ने भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह