फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि चीनको अडान

(GMT+08:00) 2013-12-18 17:38:35

           चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छ्युन यीङ्गले आज पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले कोरियाली प्रायद्वीपको आणविक समस्यामा लिएको अडान स्पष्ट पार्नुभएको छ। चीनले कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरण, शान्ति र स्थिरतालाई संरक्षण गर्दै वार्तामार्फत समस्याको समाधानमा जोड दिएको उहाँले स्पष्ट पार्नुभयो।

           उत्तर कोरियाली रोडङ सिमुन अखवारले उत्तर कोरिया आणविक मुलुक बन्नुमा किम जोङ रीको नेतृत्व सफल रहेको उल्लेख गरेको छ।

           सो कुराप्रति प्रवक्ता ह्वाले चीनको अडान पुनर्पुष्टि गर्दै चीनले सम्बन्धित विभिन्न पक्षसँग सम्पर्क गरिरहेको र वार्ता पुन सुचारु गराउने प्रयास गरिरहेको प्रवक्ता ह्वाले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह