फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आप्रवाशी नेपाली 30 लाखभन्दा बढी

(GMT+08:00) 2013-12-18 18:46:49

          सीप सूचना र अभिमूखीकरणः सुरक्षित र मर्यादित आप्रवाशन भन्ने नाराका साथ आज नेपालमा आप्रवाशन दिवस मनाइयो। विश्वमा बढ्दै गएको आप्रवाशनसँगै नेपालबाट विदेश जानेहरुको संख्या करिब साढे 30 लाखको हाराहारीमा पुगेको बताइएको छ।

          डिसेम्बर 18 मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय आप्रवाशी दिवसका अवसरमा सार्वजनिक गरिएको एक आधिकारिक तथ्यांकमा श्रम स्वीकृति लिएर विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या 30 लाख 21 हजार 3 सय 2 पुगेको छ। यो तथ्यांकमा अध्ययन, पर्यटन, पारिवारिक सम्बन्ध, व्यापार तथा सरकारी अभिलेख बाहिर रहेका नेपालीलाई भने समावेश गरिएको छैन।

          तथ्यांक अनुसार हाल विश्वमा 21 करोड 40 लाख मानिसहरु आप्रवाशनमा रहेका छन्। यसको 25 प्रतिशत हिस्सा एशिया प्रशान्त क्षेत्रले ओगटेको छ। नेपालीहरु आप्रवाशनमा जान थालेको करिब दुई सय वर्ष पुगेको छ। वैदेशिक रोजगारीमा जानेहरुका लागि कानूनी वातावरण भने नेपालमा विस 2042 सालदेखि बनेको हो।

          संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार तथा तिनका परिवारहरुको अधिकार संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित गरेपछि सन् 1990 डिसेम्बर 18 देखि विश्वभर अन्तरराष्ट्रिय 'आप्रवाशी' दिवस मनाउने गरिएको हो।

          आप्रवाशी दिवसका अवसरमा श्रम तथा राजगार मन्त्री हरिप्रसाद न्यौपानेले नेपाल बाहिर रहेका नेपाली जनसमुदायमा सुरक्षित आप्रवाशनका लागि अनुरोध गर्नुभएको छ। मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सीपयुक्त जनशक्तिलाई आप्रवाशनको समयचक्र र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सुसूचित गराई वैदेशिक रोजगारीमा पठाउन सकियो भने यसबाट दीर्घकालीन लाभ लिन सकिने बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह