फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री आई पिङ नेपाल भ्रमणमा

(GMT+08:00) 2013-12-18 18:47:16

          नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) को अन्तर्राष्ट्रिय विभाग सदस्य तथा एसिया प्यासिफिक क्षेत्र हेर्ने उपमन्त्री आई पिङले आज काठमाडौँमा नेपालका मुख्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्नु भएको छ।

          चिनियाँ नेता आईले आज नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ। उहाँले भोलि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

          चारदिने अनौपचारिक नेपाल भ्रमणका क्रममा नेता आई हिजो मंगलबार साँझ 14 सदस्यीय चिनियाँ प्रतिनधिमण्डलको नेतृत्व गर्दै काठमाडौं पुग्नु भएको हो। उपमन्त्री आई संविधानसभा निर्वाचनपछि नेपाल भ्रमण गर्ने वरिष्ठ चिनियाँ अधिकारी हुनुहुन्छ।

           दोस्रो संविधानसभाको निर्वाचनपछि सबैभन्दा ठूलो दलमा स्थापित भएको नेपाली कांग्रेसको निमन्त्रणामा नेता आईको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा गएको हो। चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग सदस्य तथा एसिया प्यासिफिक क्षेत्र हेर्ने उपमन्त्री आईलाई नेपाल मामिलाका विशेष जानकारका रुपमा नेपाली सञ्चार जगतले प्रचार गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह