फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मङ्गलको अन्वेषण गर्ने चीनको क्षमता

(GMT+08:00) 2013-12-18 19:05:09

           डिसेम्बर सत्र तारिख चीन बिज्ञान संघद्बारा बैज्ञानिक तथा संचारमाध्यम बीचको वार्ता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा चीन चन्द्रमा अन्वेषण परियोजनाका प्रमुख डिजाइनर उ वैरनले चन्द्रमाको अन्वेषण परियोजनाको खर्च त्यति धेरै नभएको बताउनुभयो। साथै उहाँले मङ्गल ग्रहको अन्वेषण गर्ने क्षमता चीनसँग भैसकेको जानकारी पनि दिनुभयो। अब सुनौँ, हाम्रो रेडियोका सम्बाददाताले पठाएको सम्बन्धित विस्तृत विवरणः

           चीनको चन्द्रमाको अन्वेषण परियोजनाको दोस्रो चरण 'छाङ अ तीन' हालै चन्द्रमामा सफलतापूर्वक अवतरण गरेर चन्द्रमाको अन्वेषण गरिरहेको छ। छाङ अ तीन चन्द्रमामा सफल अवतरण भएपछि केही शंकास्पद आवाज उठेका छन्--अमेरिका तथा रुसले चन्द्रमामा पुगिसकेको पृष्ठभूमिमा चीनले चन्द्रमामा अवतरण गरी अन्वेषण गर्ने कामलाई दीर्घकालीन योजना स्वरुप बनाएको छ। यस योजनाका लागि ठूलो खर्च भएको विचार व्यक्त गरिएको छ। यस्तो विचारको जवाफ दिँदै चीन चन्द्रमा अन्वेषण परियोजनाका प्रमुख डिजाइनर उ वैरनले छाङ अ तीनको लागि छुट्याइएको रकम चीनको गार्हस्थ्य उत्पादित परिमाण अर्थात् जी.डी.पी.को दश लाख भागमध्येको एक मात्र ओगटेको जानकारी दिनुभयो। त्यति बेला अमेरिकाले चन्द्रमाको अन्वेषण परियोजनामा गरेको लगानी अमेरिकाको जी.डी.पी.को 2.5प्रतिशत थियो। यसै सन्दर्भमा चीनले चन्द्रमा अन्वेषण परियोजनाका लागि गरेको लगानी त्यति धेरै छैन।

          "चीनको चन्द्रमा अन्वेषण 130 औँ पटक हो र हामी लगातार तीन पटक सफल भयौँ। अमेरिकाको एपोलो परियोजनामा 25 अर्ब अमेरिकी डलर बराबर लगानी गरिएको भनियो। वास्तवमा दश वर्षसम्म अध्ययन गरिएपछि त्यति बेला अमेरिकाले चन्द्रमाको अन्वेषण परियोजनामा गरेको कूल लगानी अमेरिकाको जी.डी.पी.को 2.5प्रतिशत थियो। हाम्रो लगानी जी.डी.पी.को दश लाख भागमध्येको एक मात्र ओगटेको छ। यसो गर्दा हाम्रो लगानी त्यति धेरै छैन।"

          चन्द्रमाको अन्वेषण परियोजनाको अर्थबारे चर्चा गर्दै उ वैरनले भन्नुभयोः अन्तरिक्ष प्रविधिले गार्हस्थ्य अर्थतन्त्रमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। प्राप्त नतिजा तथा उपलब्धिलाई नागरिक तथा रक्षा क्षेत्रमा हस्तान्तरण गरिन्छ र क्रमशः अझ बढी उपलब्धि तथा फाइदा पाउन सकिनेछ।

          प्राप्त जानकारी अनुसार, छाङ अ तीनको कार्य सफल भएपछि चन्द्रमा अन्वेषण परियोजना तेस्रो चरणमा प्रवेश भएको छ। तेस्रो चरणको मुख्य लक्ष्य मानवरहित स्वचालित रुपमा नमूना प्राप्त गरेर फर्कनु रहेको छ। यसै कार्यलाई व्यवहारमा उतार्ने छाङ अ पाँचको अनुसन्धान तथा उत्पादन सुचारु रुपमा चलिरहेको छ र सन् 2017 मा पूरा भइ उचित अवसरमा छाङ अ पाँचको प्रक्षेपण गरिने योजना रहेको छ। रकेट बोक्ने प्रणाली सम्बन्धी उप प्रमुख डिजाइनर लीउ च्यानचुङले छाङ अ पाँच हाइनान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिने जानकारी दिनुभयो। यसै स्थानलाई छानेको कारणबारे ब्याख्या गर्दै लीउले भन्नुभयोः

           "छाङ चङ पाँच रकेट अपेक्षाकृत रुपमा ठूलो छ। ढूवानी गर्दा समुद्रहुँदै जानुपर्छ। यही भएर हाइनानमा अवस्थित वन छाङ प्रक्षेपण केन्द्रमा पुर्‍याइने छ। साथै यसै प्रक्षेपण केन्द्रबाट पूर्वतिर प्रक्षेपण गरेमा रकेटको भूमिकालाई राम्रोसँग निर्वाह गर्न सकिन्छ।"

           प्राप्त अर्को जानकारी अनुसार, मङ्गल ग्रहको अन्वेषण गर्ने क्षमता चीनसँग भैसकेको छ। अन्वेषण गर्ने कि? कहिले अन्वेषण गर्ने भन्ने कुरा देशको आर्थिक क्षमता तथा नीतिगत समर्थनमा भर पर्छ। यसबारे चर्चा गर्दै उ वैरनले भन्नुभयोः

           "चीनले उपग्रह, चन्द्रमा तथा मङ्गल ग्रहको अन्वेषण प्रणालीबद्ध हुन्छ। मिलिजुली रुपमा विचार गरिरहेका छौँ। चन्द्रमाको अन्वेषणमा चन्द्रमाको परिक्रमा गरी अवतरण गरेर फर्केनु हो। मानवरहित अन्वेषण सफल भएपछि मानवसहित अन्वेषण शुरु हुन्छ। हरेक पाइलाको बलियो जग बसालिन्छ। मङ्गलको अन्वेषण गर्ने क्षमता भरखरै पाइएको होइन। छाङ अ एक/दुई ‌सफल भएपछि हामीले पाइसक्यौँ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह